वीरगञ्जका पूर्वमेयर बिमल श्रीवास्तव संघीय फाेरममा प्रवेश

0
114

वीरगञ्ज : वीरगञ्जका पूर्व नगरप्रमुख बिमलप्रसाद श्रीवास्तव शुक्रबार संघीय समाजवादी फोरम नेपालमा पार्टी प्रवेश गरेका छन् ।

यसअघि उनी एमाले र कांग्रेसमा जाने हल्ला जोडतोडले चले पनि  उनी फोरममा पार्टी प्रवेश गरेका हुन् । वीरगन्जको नगरसभा हलमा बिमल श्रीवास्त पार्टीका केन्द्रय अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका र माला लगाएर पार्टी प्रवेश गरेका थिए । उनी संगै उनका सहयोगीहरु पनि उनिसंगै संघीय समाजवादि फोरम नेपालमा पार्टी प्रवेश गरेका छन । पर्साको क्षेत्र नं. २ प्रत्यक्षबाट सांसद र उनका प्रमुख सहयोगी पुरुषोतम झा समानुपातिकबाट कोटा दिने भएपछि उनी फोरममा गएका हुन यात्रा डेलीलाई एक श्रोतले जनाएको छ । बिमल प्रसाद श्रीवास्तव फोरममा जाने निर्णयको उनका सहयोगीहरुले स्वागत गरेका छन ।

पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव पर्सा जिल्लाको एउटा राजनीतिक शक्ति हुन यसमा कुनै दुई मत छैन । तर यसपटक उनले गरेको यो निर्णयबाट उनका सहयोगीहरु खुशी भएका छन् । पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगी,पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव , प्रधुमन चौहान ,पर्सा क्षेत्र नम्बर १ को २ बात प्रदेश सभा बिधायक आकान्क्षी उमेदवार सम्भु प्रसाद गुप्ता लगायत नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here