दानाबारीमा उद्घोषण तालिम सुरु

0
103

नयाँ बुलन्द

दानाबारी : इलामको माई नगरपालिका-५ स्थित दानाबारी समालटारमा तीन दिवसिय उदघाेषण तालिम सुरु भएको छ ।

युनिटी सहारा सुधार समाजकाे अायाेजनामा सुरु भएको तालिममा २८ जनाको सहभागिता रहेको छ । तालिमका सहभागिहरुलाई सुवर्ण राईले सहजीकरण गरिहरहेका छन् ।

आयोजक संस्थाको अध्यक्ष तिलबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ माई नगर समन्वय परिषदका अध्यक्ष वीरु पापोले गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here