बहुरंगवादले समातेको बाटो

0
449
धर्मेन्द्र नेम्बाङ, फाल्गुनन्द-३, पौवासारताप, पाँचथर

साथीहरु सोधिरहन्छन कहाँ पुग्यो आन्दोलन भनेर । म भन्छु हाम्रो आन्दोलन अहिले क्रान्तिमा परिणत भएको छ । हामी प्रत्येक अंग र अवयव, प्रत्येक क्षेत्र, पक्ष र पाटामा क्रान्ति हुनुपर्छ भन्ने कुरामा विश्वास गछौ । अहिलेलाई हाम्रा बाटाहरु

१. सर्वाङगीण क्रान्ति र संस्कृतिक क्रान्ति । सर्वाङगीण क्रान्ति भनेको सबै अंगमा क्रान्तिको जरुरी छ भनेको हो । सबै क्षेत्र, स्थान, तहमा क्रान्तिको खाँचो छ । यो संस्कृतिक क्रान्ति हुनुपर्छ । आफु भित्र लागु गर्ने र बाहिर लागु गराउने गरीको क्रान्ति । मैले यहाँ हिंसात्मक क्रान्तिको कुरो गरेको हैन । हिंसा सदासर्वदा निन्दनिय छ । बरु मनोक्रान्तिको कुरो गरेको हो । समाजको जिवन, व्यक्तिको जिवन, देशको जिवनलाई प्रगती, उन्नति तर्फ निरन्तर अगाडि बढाउने काइदा हो यो । राष्ट निर्माणको लागि एउटा संस्कृति निर्माण गर्नु परेको छ । यो त्यही संस्कृतिको निर्माण पनि हो ।

२. आमुल परिवर्तन र संजाल सिद्धान्त । आमुल परिर्वनको जरुरी छ जुन दर्शनबाटै शुरु हुनुपर्छ । त्यो दर्शनले आफनै रुटको निर्माण गर्नु पर्छ । जुन रंगबाट शुरु हुन्छ । यसैको क्रियाकलापमा संसार निर्भर गरेको छ । आत्मगत र बस्तुगत दर्शनले समाजलाई चिल्ने मात्रै काम गर्यो । रंगगत मुल्य नै आमुल परिवर्तनको बाटो हो । यसले सिद्धान्तबीच पनि संजाल निर्माण गरेर काम गर्नु गर्दछ । अनेकिकृत सिद्धान्त, मुल्य, मान्यता, विचारधाराहरुलाई जोडदछ । यही नै संजाल सिद्धान्त हो ।

३. हृदय परिवर्तनको सिद्धान्त र सामुहिक भाग्य । विचारले विभाजित जमात, योग्याता, सामथ्र्य अनेकिकृत जमात, बहुलता, विविधताले भरिपुर्ण समाज एक ठाउँमा उभिनु पर्दछ । माथिल्लो बर्गले आफना लागि मात्रै हैन कि तल्लो बर्गको यथेष्ट काम गर्नु पर्दछ । यसको लागि हृदयललाई परिवर्तन गरेर तल्लो बर्गको लागि पनि काम गरेर सँगसँगै अगाडि बढाउछु भन्ने सोचेर कृयाकलाप गर्न पर्छ । यही नै हृदय परिवर्तनको सिद्धान्त हो । यो मैले गान्धीजिबाट लिएको हो । सामुहिक भाग्य भन्ने कुरो मान्छे समुहमा बन्छ समुहमा मर्छ भन्ने कुरा हो । म एसो हेर्दा त्यही देख्छु । त्यसकारण एउटा असल नेताले सम्पुर्ण देश बनाएको देखिन्छ । त्यसकारण भाग्य एकलो नभइ सामुहिक हुन्छ भन्ने कुरो हो यो । यो बुद्धको सामुहिक भाग्यबाट मैले लिएको हुँ । यो भाग्यवादी कुरो नभन्दिनु होला ।

४. युवा विचार र साधन वर्ग । युवा विचार भनेको विचार युवा हुनुपर्छ । युवा भनेको गतिशील हुनुपर्छ । गतिशील भनेको विघटनकारी हुनुपर्छ । विघटनकारी भनेको बगिरहने र अवरोध भत्काउन सक्ने सामथ्र्यको हुनुपर्छ भनेको हो । साधन वर्ग भनेको वर्गलाई साधनमा परिणत गरिएको परिस्थिति हो । एउटा वर्ग स्वयं निरन्तर साधनाले साधन जस्तै हुनु पर्छ निरन्तर परिवर्तनको लागि । जस्तै भात पकाउने भाँडाकै कुरा गरौ । जति नै आगो तापक्रम सहे पनि पाक्ने त भाँडा होइन की चामल हो । चामल पाकेर भात बन्ने हो । यहाँ भाँडा या ओदान, चुलो आदि भनेको साधन हो । यही हो साधन वर्ग भनेको । साध्य भनेको भात हो । त्यसरी निरन्तर परिवर्तनको लागि एउटा साधन वर्ग हुनुपर्छ । अभियन्ताहरु साधक वर्ग हुनुपर्छ । मन्जुश्रीको चार चार आसक्तिबाट मुक्त अभियान चलाएको हुनुपर्छ ।

५. हरियो समतावाद र सँगसगै लाने नीति । यहाँ हरियो भनेको जिवनको सुचक हो । समता भनेको समानताको सुचक हो । हरियोले वनस्पति, पशुपंक्षी, नदीनाला, प्रकृति पर्यावरणको संरक्षणको संकेत गर्दछ । समतावादले आर्थिक समताको संकेत गर्दछ । सबैप्रकारको असमानताको उन्मुलन गर्दै समतामुलक समाज निर्माण गर्दछ । सँगसँगै लाने नीति भनेको असमानतालाई समानता तर्पm डोर्याउदै हिडाउने नीति हो । यथास्थितिमा नराखी गुडाउने नीति हो । यात्राले समताको निर्माण हुन सक्छ भन्ने विज्ञान हो ।

६. आदर्श व्यक्ति र शक्तिशालि मानवको जन्म । यो सिद्धान्तहरुको आत्मसात र अनुसरण र कार्यन्वयनले इमान्दारिताको तहबाट आदर्श व्यक्तिको निर्माण गर्दछ । महान व्यतिmको निर्माण गर्दछ । सो व्यक्ति नै शक्तिशालि मानव हो । यसरी शक्तिशालि मानवहरुको जन्म हुन्छ । अथवा महामानवहरुको जन्म हुन्छ ।

७. आदर्श संसार र इन्द्रेणी गाउँ । यो बाटोबाट हामी एउटा छुट्टै संसारको स्थापना गर्न सक्छौ । जसलाई हामी इन्द्रेणी गाउँ भन्न सक्छौ । जुन पेन्डोराको बाकस खोलिन भन्दा अघिको झै सुन्दर संसार । बुद्धको आर्यअष्टांगिक मार्गको राज्य । महामानवहरुको गाउँ । जहॉ मान्छेले मान्छेमाथि सोषण, साशन गर्ने छैन ।

८. गतिशीलता र आकस्मिक नियमितता । गतिशीलता भनेको जिवन, समाज, पृथ्वीको कम्पन या यात्रा हो । अस्थिरता हो अथवा दुनियाकै स्थिर चीज भनेको गति मात्रै हो या परावर्तन । गतिशीलताको नियममा आकस्मिक नियमितताले पक्रिन सकिन्छ । यो बालकृष्ण समको नियमित आकस्मक्तालाई उल्टाएको हो ।

नोट

१. मन्जुश्रीको चार आशक्तिको मुक्तिको उपदेस

यो जिवनमा मात्र आसक्ति छ भने त्यो धार्मिक व्यक्ति हैन । संसारमै आसक्ति छ भने त्यो व्यक्तिमा बैाराग्य छैन । आफ्नै हितमा मात्र आशक्ति छ भने बोधिचित्त छैन । ग्राह पैदा हुन्छ भने सम्यक दृष्टि छैन ।

२. बुद्धको आर्य अष्टाड०गिक मार्ग

सम्यक दृष्टि, सम्यक सोच, सम्यक बचन, सम्यक कर्म, सम्यक आजिबिका, सम्यक प्रयत्न, सम्यक स्मृति, सम्यक समाधि ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here