सर्वोच्चको आदेशले मंसिर १० को चुनाव संकटमा

0
110

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ ।

सर्वोच्च अदालतले बुधबार अर्को एक आदेश जारी गर्दै निर्वाचन आयोगलाई प्रत्यक्षतर्फको  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव छुट्टा छुट्टै मतपत्रमा गराउनु पर्ने भनेको छ । तर प्रदेशसभा र प्रतिनिधिसभा चुनाव छुट्टा छुट्टै मतपत्रबाट गराउने हो भने मंसिरमा १० गते चुनाव गराउन निर्वाचन आयोगलाई समस्या पर्ने हुन्छ ।

तर आयोगले सर्वोच्चको पछिल्लो आदेशपछि अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । छुट्टा छुट्टै मतपत्र छाप्दा मतपत्र छपाईमा दोब्बर समय लाग्छ भने मतपत्र खसाल्न मतपेटिका पनि थप्नु पर्ने हुन्छ । मतपत्र र मतपेटिका थपिएपछि तिनलाई व्यवस्थापन गर्न थप कर्मचारी र सुरक्षाकर्मीकोसमेत आवश्यकता पर्छ ।

समानुपातिकतर्फको दुवै चुनाव एउटै मतपत्रमा गर्न सर्वोच्चबाट अनुमति पाइसकेको आयोगले त्यो मतपत्र छापेर सकेको छ । आयोगले प्रत्यक्षतर्फको मतपत्रको नमुना तयार गरी शुक्रबारदेखि छाप्ने तयारी गरिरहेको थियो । यो आदेशपछि अब उसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि एउटा मात्र मतपत्र छापेमा अदालतको अवहेलना ठहरिने छ । त्यसले आयोगले एउटा मात्रपत्र छाप्ने काम शुक्रबारदेखि नगर्न सक्छ ।

शुक्रबारदेखि मतपत्र छपाई नथालेमा नभ्याइने भनेर आयोगले यसअघि नै बताउँदै आएको थियो ।  मंसिर १० मा हुने पहिलो  चरणमा प्रत्यक्षतर्फ हिमाली र उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले मंसिर १० पछि ती ठाउँमा चुनाव पनि गर्न सकिँदैन । संविधान अनुसार माघभित्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भइसक्नु पर्छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here