बोक्सीको आरोपमा तातो खुकुरीले डाम्ने पक्राउ

0
58

नयाँ बुलन्द

पाँचथर : बोक्सीको आरोप लगाई एक महिलालाई तातो खुकुरीले डाम्ने पाँचथरको तुम्बेवा गाँउपालिका–३, आङ्नाकी २६ वर्षीया दीपा भनिने दीव्यानी माङ्लाकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले स्थानीय ४५ वर्षीया महिलालाई शरीरमा बोक्सीको पिसात रहेछ भन्दै झारफुक गर्ने बहानामा तातो खुकुरीले डाम्नुका साथै कुटपीट गरेको प्रहरीले जनाएको छ । पीडितले आफू अन्यायमा परेको भन्दै उजुरी दिएपछि पीडकलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथर जिल्ला अदालतबाट म्याद थप गरि उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here