झापामा दोश्रो चरणको निर्वाचन तयारी सुरु

0
114

नयाँ बुलन्द

झापा : प्रदेश र प्रतिनिधिसभाका लागि आगामी मंसीर २१ मा हुने दोस्रो चरण निर्वाचनको तयारी झापामा पनि थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयकाका अनुसार आसन्न निर्वाचनलाई निष्पक्ष,धाँधलीरहित रुपमा सम्पन्न गर्न आन्तरिक तयारी तीव्र पारिएको छ । आगामी निर्वाचनमा मत पत्रको संख्या धेरै हुने र आकार पनि ठुलो हुने भएकाले मत बदर हुने संभावना धेरै भएकाले सदर मतको संख्या बढाउनका लागि आवश्यक तयारी थालिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार निर्वाचन कार्यक्रमलाई प्रभावकारी गराउन मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । उनले भने ,–‘मतदातालाई सहि तरिकाले मतदान गर्न सिकाउनको लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन लागेका छौ ।’ हाल मतदाता शिक्षा कार्यक्रमको लागि जनशक्ति व्यवस्थापनमा लागिएको र उनीहरुलाई तालिम दिईएपछि गाउँ गाउँमा खटाई मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाईने उनले बताए ।

त्यसैगरी आयोगले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि पाँच जना निर्वाचन अधिकृत तोकिएको र त्यसका लागि निर्वाचन क्षेत्रीय कार्यालय स्थापनाको काम पनि भईरहेको उनले जानकारी दिए । यसैवीच स्थानीय तहको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय स्थानीय स्तरमै भएकोमा यस पटकको निर्वाचनमा भने पाँचवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम भद्रपुरमै राखिने भएको छ । निर्वाचन अधिकृतको कार्यालय सदमुकाममै हुने भएकाले आगामी संघ र प्रदेशको निर्वाचनको सम्पूर्ण कामहरु सदरमुकामनै केन्द्रीत हुनुपर्ने बाँध्यता रहने जिल्ला निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

कुल मतदाता ५ लाख ८५ हजार बढी

झापामा महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी रहेको निर्वाचन कार्यालयले जनाएकोछ । झापामा ५ लाख ८५ हजार २२८ जना मतदाता कायम गरिएकोमा पुरुषको तुलनामा महिला मतदाता ७ हजार ४८५ जना बढी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्गमा झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या धेरै भएको पाईएको हो । झापाका कुल मतदाता मध्ये महिला मतदाताको संख्या २ लाख ९६ हजार ३५२ छ भने पुरुष मतदाताको संख्या २ लाख ८८ हजार ८६७ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको झापामा क्षेत्र नं. १ मा १ लाख ५हजार ४७५ , क्षेत्र नं. २ मा १ लाख १८ हजार २०४ जना, क्षेत्र नं. ३ मा १ लाख १४ हजार ५८६ जना, क्षेत्र नं. ४ मा १ लाख ९ हजार ४०१ जना र क्षेत्र नं. ५ मा १ लाख ३७ हजार ५६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

९ जना तेश्रो लिङ्गी मतदाता

त्यसैगरी झापामा ९ जना तेस्रो लिङ्गी मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । तेस्रो लिङ्गि मध्ये क्षेत्र नं. २ मा ५ जना, क्षेत्र नं. ४ मा १ जना र क्षेत्र नं. ५ मा ३ रहेको बताईएको छ । मंसीर २१ को निर्वाचनका लागि झापामा ६ सय ८७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र नं. ५ मा १५८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा थोरै निर्वाचन क्षेत्र १ मा १२० वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख आचार्यले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here