कांग्रेस, एमाले र माओवादीका हजारौ कार्यकर्ता संघीय फोरममा प्रवेश

4
280

जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालमा धनुषा र महोत्तरीस्थित प्रमुख तीन दलका हजारौं कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी, नयाँ शक्ति र राप्रपाका केन्द्रदेखि जिल्ला स्तरका नेताहरुको नेतृत्वमा प्रवेश गरेको प्रभावशाली समूहलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।

सोमबार धनुषाको सबैला र महोत्तरीको रामगोपालपुरमा छुट्टाछुट्टै आयोजित पार्टी प्रवेश कार्यक्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने क्षमताका नेता कार्यकर्ताहरुको टीम प्रवेश गरेको हो ।

नेपाली कांग्रेस धनुषा क्षेत्र नं. १ का सदस्य दिपक कार्की, श्याम यादव, जिल्ला सदस्य रामचरित्र यादवको नेतृत्वमा सयौं कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै, नयाँ शक्तिका केन्द्रीय सचिव प्रमोद गुप्ता र नयाँ शक्ति धनुषाका नगर संयोजक भूषण यादव, केन्द्रीय परिषद् सदस्य राजदेव यादव नेतृत्वको समूह पनि फोरम नेपालसँग जोडिएको छ ।

राप्रपाका नेता एवं स्थानीय चुनावमा धनुषाका उपमेयर प्रत्यास रहेका विनोद यादव, नेता बेचन महतो, एमाले नेता सूर्यनाथ यादव, रामलखन महतो र माओवादी नेताहरु दुखी मंसूर, राजीव यादवको समूह टिका लगाएर फोरम नेपालको सदस्यता लिएको छ ।

4 टिप्पणी

  1. You actually make it seem so easy with your presentation but I find this topic to be actually something that I think I would never understand. It seems too complex and very broad for me. I’m looking forward for your next post, I’ll try to get the hang of it!|

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here