मिस मेचीको अडिसन इलाममा हुने

0
72

नयाँ बुलन्द

इलाम : मिस मेची २०१७ को अडिसन इलाममा हुने भएको छ । कात्तिक अन्तिममा हुने अडिसनमा १६ वर्ष देखी २४ वर्ष उमेर समूहका किशोरीहरुले सहभागिता जनाउन पाउने छन् ।

डिम्स वल्ड इन्टरनेश्नल प्रालि झापाले आयोजना गर्ने प्रतियोगितामा पहिलो अडिसन पछि तीस जना छनौट गर्ने र छनौटमा परेकाहरुलाई एक महिना तालिम दिइने आयोजक संस्थाका कार्यकारी निर्देशक प्रणित पुडासैनीले मंगलबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराए ।

उत्कृष्ठ प्रतिष्पर्दीलाई नगद ५० हजार सहित उच्च शिक्षाका लागि शतप्रतिशत छात्रबृद्धि प्रदान गरिने समेत जनाइएको छ ।

मिस मेची प्रतियोगिता अन्तर्गत ब्यक्तित्व विकास सम्वन्धि ज्ञान दिइने कार्यकारी निर्देशक पुडासैनीको भनाई छ । नृत्य, गायन, ब्युटी टिप्स, ब्यक्तित्व विकास तथा अतिरिक्त सिप सिकाइने वताइएको छ । प्रतियोगिता इलाम सहित पाँचथर, ताप्लेजुङ र झापामा सञ्चालन गरिने छ । पहिलो चरण पछिको सवै अडिसन झापामा हुने वताइएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here