कुटिडाँडामा आगलागी हुँदा लाखौंको क्षति

0
124

नयाँ बुलन्द

इलाम : इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कुटिडाँडामा सोमबार आगलागि भएको छ । अपराहन्न ३ बजे स्थानीय विमल खवासको १ तले टिनको छानो भएको घरबाट सुरु भएको आगलागीले कर्णाखर बास्कोटाको घरमा समेत सामान्य क्षति पुगेको छ ।

आगलागीबाट विमल उनको घरमा बस्ने बविता भुजेल बिस्थापित भएका छन । घरमा रहेको लताकपडा तथा खाध्यान्न पुर्ण रुपमा जलेको छ । स्थानियबासिन्दा, देउसी टोली र सुर्योदय नगरपालिकाको दमकलको सहायताबाट १ घण्टामा आगालागी नियन्त्रणमा आएको छ । घरमा बालिएको बिजुली सटभइ आगलागी भएको हो ।

आगालागीबाट १५ लाख रुपैयाभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष मातृका बरालले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here