लडेर शरणार्थी बृद्धको मृत्यु

0
78

नयाँ बुलन्द

झापा : भुटानी शरणार्थी बृद्धको आइतबार दमकमा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर बेल्डाँगी–२ सि ४ छाप्रो नम्बर ४४ का ७१ वर्षीय विष्णुकुमार घले रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनी आइतबार दिउँसो दमक ५ स्थित क्याम्पस मोड छेउमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दीपक गिरीले जानकारी दिए ।

घलेका छोरा प्रकाश घले गत असोज २४ गते दुर्घटनामा परि गम्भीर घाइते भएको र बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारत छन् । उनी छोरा प्रकाशलाई भेट्न भन्दै आइतबार घरबाट हिडेका थिए । अत्याधिक मापसे गरेका कारण उनले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here