नगरपालिकालाई जापानीज बारुणयन्त्र हस्तान्तरण

0
65

नयाँ बुलन्द

झापा : झापाको दमक नगरपालिकालाई जापान सरकारले अत्याधुनिक किसिमको एक थान बारुणयन्त्र हस्तान्तरण गरेको छ । उक्त बारुणयन्त्र जापानीज राजदुत मासासी ओगावाले आइतबार दमक नगरपालिकाकालाई हस्तान्तरण गरे । बारुणयन्त्रको साँचो नगर प्रमुख रोमनाथ ओलीले बुझेका थिए ।

जापान सरकारले नगरपालिकालाई उपलब्ध गराएको उक्त बारुणयन्त्रको मूल्य करिव एक करोड बढी मूल्य पर्ने अनुमान दमक नगरपालिकाको छ । उक्त बारुणयन्त्र यन्त्रमा १७ सय लिटर पानी अट्ने क्षमता रहेको अत्याधुनिक नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै राजदुत ओगावाले नेपालमा सुख्खा मैसममा आगलागीका घटना धेरै हुने भएकाले त्यसलाई रोक्न बारुणयन्त्र हस्तान्तरण गरिएको बताए ।

उनले भने,‘ जापानमा आगलागी हुदाँ यी बारुणयन्त्र सवैभन्दा बढी प्रभावकारी हुन्छ,नेपालमा पनि खुख्खा मौसममा आगलागीका घटना हुन्छ, त्यसैले यहाँ पनि हामीले दिएका हौँ।’ योसंगै दमकमा बारुणयन्त्र साधनको संख्या ३ वटा पुगेको कार्यकारी अधिकृत युवराज दाहालले जनाए ।

बारुणयन्त्र हस्तान्तरण कार्यक्रममा राजदुत ओगावा, नगर प्रमुख ओली, उपप्रमुख गीता अधिकारी लगायतले बोलेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here