आगलागीबाट दर्जीको घरमा क्षति

0
56
आगलागीबाट ध्वस्त दर्जीको घर

नयाँ बुलन्द

झापा : झापाको कमल गाँउपालिका–४ स्थित सुकुम्बासी बस्तीको एक घरमा आगलागी हुदाँ रु २ लाख बढीको धनमाल क्षति भएको छ ।

लक्ष्मीपूजाका दिन मध्य राती १ वजेतिर अचानक आगलागी हुदाँ स्थानीय मानबहादुर दर्जीको घरको छानो भएको पूर्ण रुपमा नष्ट भएको थियो । आगोमा रोटी पकाएको र त्यसै आगोबाट हावाले दर्जीको घरमा आगो सल्किएको हुन सक्ने क्याम्पास्थित प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट दर्जीको २ थान लुगा सिलाउने मेसिन , खाद्यसामग्री , लत्ताकपडाहरु पूर्ण रुपमा जलेको नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सचिब पारषमणि राईले जानकारी दिए । आगलागी स्थानीय बासिन्दाहरुको सक्रियतामा आधा घण्टा लगाएर नियन्त्रणमा आएको राईले बताए ।

यसैवीच, आगलागीबाट विस्थापित दर्जी परिवारलाई रेडक्रसले आइतबार विभिन्न राहतका सामाग्रीहरु प्रदान गरिने सचिव राईले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here