सुब्बालाई प्रतिष्ठानको सम्मान

0
69

नयाँ बुलन्द

झापा : प्रवासमा बसेर जिल्लाको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याँएवापत अन्तराष्ट्रिय झापाली समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दमक –५ निवासी छत्र सुब्बा सम्मानीत हुने भएका छन् ।

कमल गाँउपालिका–५ मा रहेको नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानले उहाँलाई सम्मान गर्न लागेको हो । शुभदिपावलीका अवसर पारेर कार्तिक २ गते सुब्बालाई दोसल्ला,सम्मानपत्रसहित सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेले जानकारी दिए ।

प्रवासमा बसेर झापाको विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याँएवापत सुब्बालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष आङदेम्बेले बताए । सुब्बा समाजका वरिष्ठ उपाध्यक्षसहित हङकङ –झापा मञ्चका अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरिआएका छन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here