दमक नगरको बजेट १ अर्ब २९ करोड बढी

0
121
नीति तथा कार्यक्रमसहितको वजेटकका बारे जानकारी दिदै नगर उपप्रमुख गीता अधिकारी

नयाँ बुलन्द

झापा : झापाको दमक नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागी कुल १ अर्ब २९ करोड बढीको अनुमानित वजेट सार्वजनिक गरेको छ ।

मंगलवार नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरि नगरपालिकाले चालु आवका लागि रु १ करोड ४३ लाख २ हजार ४ सय ८७ वजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार सम्पन्न पहिलो नगरसभाले पारित नीति तथा कार्यक्रमसहितको वजेटबारे जानकारी गराउदै नगर उपप्रमुख गीता अधिकारीले नगरको विकासमा सवै क्षेत्रलाई प्रमुखताका साथ उठान गरिएको बताईन् ।

सार्वजनिक गरिएको वजेटमा आन्तरिक स्रोतबाट रु १३ करोड १९ लाख ९७ हजार १ सय २० र बाह्य स्रोेतबाट रु रु १ अर्ब १४ करोड ४९ लाख ६० हजार २७ रुपैया संकलन गरिने जनाईएको छ । नगरपालिकाले आन्तरिक स्रोतका स्थानीय कर शीर्षकबाट रु ७ करोड ६७ लाख ७१ हजार ,५ सय ,सेवा शुल्कबाट रु २ करोड ५० लाख ७५ हजार ६ सय २० , दस्तुरबाट रु २ करोड ३९ लाख ५० हजार र अन्य आयबाट रु ६२ लाख आम्दानी गरिने वजेटमा समावेश गरिएको छ ।

बाह्य स्रोतबाट नेपाल सरकारबाट रु ६९ करोड ३९ लाख २१ हजार,प्रदेश सरकारबाट रु १४ करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रम मार्फत रु १० करोड २५ लाख, एलजीसिडीपी कार्यक्रमबाट रु ४० लाख, सडकबोर्डबाट रु ७० लाख, नगर विकास कोषबाट रु १५ करोड,लागत सहभागिता योजनाबाट रु ३ करोड, , गत वर्षको मौज्दात रु १ करोड २५ लाख ३९ हजार २७ रुपैया संकलन गरिने जनाएको छ ।

त्यसैगरि प्रशासनिक खर्च तर्फ रु ६ करोड ९१ लाख ७० हजार, सामाजिक सुरक्षा कार्यक्रम खर्च रु ११ करोड २५ लाख ,विकास खर्चमा रु ६९ करोड ८३ लाख २८ हजार ९ सय ८७ र विषयगत कार्यक्रम अन्तर्गत शिक्षा तर्फ रु ११ करोड ८९ लाख १८ हजार ,स्वास्थ्य तर्फ रु ४ करोड८३ लाख ४० हजार,पशु विकासका लागि रु ६१ लाख ३९ हजार ३ सय ४०, कृषि विकासका लागि रु ५२ लाख ४६ हजार,महिला विकासका लागि रु ७ लाख ५० हजार,वन वातावरण वन्य जन्तु भूसंरक्षणका लागि रु ५२ लाख रुपैया बिनियोजन गरिएको उल्लेख छ ।

नीति तथा कार्यक्रमले नगरको पहिचान झल्काउनको लागि वडा नम्बर १ लाई ढाका उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ७ लाई दौरा, सुरुवाल लगायत नेपाली राष्ट्रियता झल्कने सामाग्रीको पकेट क्षेत्र र वडा नम्बर ८ लाई अचार उत्पादन पकेट क्षेत्र बनाउने जनाईएको छ । त्यस्तै यहाँका आदिवासीका रुपमा सूचिकृत धिमाल जातिलाई नगरको पहिलो नागरिक र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दल जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

सो सार्वजनिकरण कार्यक्रममा कार्यकारी अधिकृत युवराज दाहाल,वडाध्यक्षहरु टेकबहादुर थापा,बोधराज न्यौपाने,वढा सदस्य मिना बिक लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here