विजयपुर दरवार क्षेत्रबारे लिवि मञ्‍चद्वारा धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण

0
120

नयाँ बुलन्द

धरान : लिम्बू विद्यार्थी मञ्चले लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुर क्षेत्रमा खानेपानी आयोजना निर्माणका लागि भन्दै गरिएको वन विनाश बारे पुनः धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

लिवि मञ्चले यसअघि नै २०७३ चैत २ गते तत्कालीन धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई विजयपुर क्षेत्रमा वन विनाश गरेर खानेपानी ट्यांकी निर्माण कार्य थालेकोमा सो कार्य तत्काल रोक्न र आयोजना अन्यत्र सार्न ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको थियो ।

सोमबार लिवि मञ्चले सो विषयमा पुनः स्मरण गराउँदै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको लिवि मञ्चका अध्यक्ष फिपराज बेघाले जानकारी दिएका छन् । उपमहानगरका प्रमुख तारा सुब्बालाई स्मरणपत्र बुझाउँदै ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माणस्थलका लागि अरु नै जग्गा खोजी गरेर कार्य अघि बढाउन पुनः माग गरिएको छ ।

एसियाली विकास बैंकको सहयोजमा एकीकृत शहरी विकास आयोजनामार्फत खानेपानी विस्तारका लागि भन्दै यसअघि लिम्बुवानको धरोहरका रूपमा संरक्षित विजयपुर दरवार क्षेत्रका १ सय १७ वटा रुख काटिएको थियो । विकासे नारा दिएर पानीट्यांकी निर्माण गर्ने बहानामा लिम्बुवानको ऐतिहासिक विरासतका रूपमा कायम रहेको विजयपुर दरवार क्षेत्रलाई नामेट पार्ने षड्यन्त्र भएको भन्दै विभिन्न लिम्बूजन्य र लिम्बुवानजन्य संगठनहरुले सो कार्यको विरोध गर्दै आएका छन् ।

लिवि मञ्चले सो क्षेत्रलाई विश्व सम्पादा सूचीमा सूचीकृत गर्नुपर्ने माग दोहोर्याउँदै बिगतमा भएको त्रुटि नसच्याए त्यसबाट उत्पन्न हुने भौतिक क्षतिको जिम्मेवारी स्वयम् उपमहानगरपालिका नै हुने स्मरणपत्रमा उल्लेख गरेको छ । लामो समयदेखि मञ्चले पानीट्यांकी निर्माण कार्य तत्काल रोकेर आयोजना अन्यत्र सार्न आग्रह गर्दा पनि सुनुवाई नभएकाले पुनः आफूहरुले पहल कार्य थालेको लिवि मञ्चका सचिव यवाहाङ्ग तुम्बाहाम्फेले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here