ससफो नेपालमा प्रवेश गर्नेको लर्को

0
126

नयाँ बुलन्द

झापा : स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आएसँगै मुलुककै चौंथो दलमा स्थापित भएको संघीय समाजवादी फोरम नेपालमा आम नागरिकको आकर्षण बढ्दै गएको छ ।

मधेसका विभिन्न जिल्लाहरुमा दैनिक जसो ससफो नेपाल प्रदेश गर्नेको जमात ठूलो छ । त्यस्तै पछिल्लो समय पहाडी क्षेत्र र मधेस प्रदेश भन्दा अन्यत्रका जिल्लामा पनि ससफो नेपाल प्रवेश गर्नेहरुको भीड लाग्न थालेको छ ।

आइतबार मात्रै  झापाको निर्वाचन क्षेत्र १ अन्तर्गत मेची नगर नगरपालिकाको इटाभट्टास्थित किरात याक्थुम चुम्लुङको भवनमा आयोजित बृहत् पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा ,माओवादी केन्द्र, नेकपा (विप्लव समूह) परित्याग गरेर १ सय ३४ जना नेता कार्यकर्ता ससफो नेपालमा प्रवेश गरेका हुन् ।

ससफो नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीयहरु सदस्य भक्त खेवाङ र राधा थापा, लिम्बुवान प्रदेश समितिका कोषाध्यक्ष केवलराम राई, लिम्बुवान प्रदेश राजनीतिक समिति सदस्य टुपेन्द्र एक्तेन, प्रदेश समिति सदस्य गौरिमान राई, प्राध्यापकहरु अनुप राई, रोहित खपाङ्गी लगायतले पार्टी र आगामी निर्वाचनका विषयमा बोलेका थिए ।

ससफो नेपाल मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको सञ्चालन रहेको कार्यक्रममा पार्टीको झापा क्षेत्र नम्बर १ समन्वय समितिका अध्यक्ष तिलकचन सम्बाहाम्फेको अध्यक्षता रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here