झापामा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सिफारिस

0
92

नयाँ बुलन्द

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले झापाका सवै निर्वाचन क्षेत्रमा आसन्न प्रदेश तथा प्रतिनिधीसभाका लागि उम्मेदवारहरु तय गरेको छ ।

उम्मेदवार छनौट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नम्बर १ देखि ५ नम्बर सम्मका सवै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्यासी सर्वसम्मत उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस गरिएको छ । जिल्ला समितिको हालै सम्पन्न बैठकले दलहरुवीच सहमति बमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्ता संगै गठबन्धन भएर अघि बढ्नु पर्ने समेत निर्णय गरिएको पार्टीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

पार्टीले सार्वजनिक गरेको उम्मेदवारहरुको सिफारिस अनुसार प्रतिनिधीसभा सदस्य तर्फ क्षेत्र नम्बर १ मा घनश्याम लामिछाने, क्षेत्र नम्बर २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्रसिंह राजवंशी ,४ मा गजबहादुर भण्डारी र ५ मा जयवहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै , प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ मा शिवकुमार चौहान, १ कै २ मा दिपेश राई, क्षेत्र नम्बर २ मा लक्ष्मीप्रसाद ढकाल , २ कै २ मा भने ओमप्रकश मिश्र, क्षेत्र नम्बर ३ ( १ ) मा धर्मेशचन्द्रसिंह राजवंशी, (२ ) मा देवेन्द्रराज कन्दङवा, क्षेत्र नम्बर ४को ( १ ) मा इन्द्रवाहादुर बस्नेत, २ मा चन्द्रबहादुर योङया र ५ को १ मा देवेन्द्रकुमार खड्का र (२)मा बिष्णुबआदुर धिमाललाई उम्मेदवार बनाउने तय गरेका छन् ।

यसैगरि समानुपातिक तर्फ क्षेत्र नम्बर १ बाट माया गुरुङ,यमुना आचार्य,ज्ञानबहादुर मगर, शुसीला बस्नेत, २ बाट देवराज रिजाल,दिपक सिटौला,३ बाट विनोद जोतसी,ममता राई,, ४ बाट राममाया थापा,केवल कटुवाल ,मित्रबहादुर महरा र क्षेत्र नम्बर ५ बाट विनोद राउत, हरिप्रसाद न्यौपाने र चतरमान विश्वकर्मा रहेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here