दमकको नीति तथा कार्यक्रम सार्वजनिक

0
78
नीति तथा कार्यक्रम सार्वजनिक गर्दें नगर प्रमुख ओली ।

नयाँ बुलन्द

झापा : झापाकोस्थित दमक नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सोमबार एक कार्यक्रमका बीच नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बिभिन्न कार्यक्रमहरु सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख ओलीले नगरपालिकालाई यहि बर्ष सन् २०१७ भित्रै खुल्ला दिशामुक्त नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी नीति तथा कार्यक्रममा नगरको पहिचान झल्काउनको लागि वडा नम्बर १ लाई ढाका उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ७ लाई दौरा, सुरुवाल लगायत नेपाली राष्ट्रियता झल्कने सामाग्रिको पकेट क्षेत्र र वडा नम्बर ८ लाई अचार उत्पादन पकेट क्षेत्र बनाउने जनाईएको छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नको लागि कृषि समूहलाई तालिमको व्यवस्था गर्ने देखि लिएर शहरी क्षेत्रमा कौशी खेतीलाई प्रोत्साहन गर्ने समेत कार्यक्रम समेटिएको छ ।

त्यसैगरी कृषिलाई प्रोत्साहन गर्न माछापालक कृषकलाई पोखरी खन्दा प्रति पोखरी १० हजार रुपैयाँ अनुदान दिने समेत घोषणा गरिएको छ । त्यस्तै दमकको वडा नम्बर ३ मा बिरुवा उत्पादन नर्सरी बनाई निशुल्क रुपमा बिरुवा वितरणको व्यवस्था मिलाईने पनि जनाईएको छ ।

सोमबारनै नगर प्रमुख ओलीले नगरपालिकाको चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि प्रस्तावित नीति तथा कार्यक्रम समेत नगरसभाले अनुमोदन गरेको छ । नगर प्रमुख ओलीले नगरका विभिन्न योजनाहरुलाई समेटेर एकीकृत रुपमा तयार पारिएको नीति तथा कार्यक्रम समेत सभाले सुझावसहित पारित गरिएको कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभयो । नगर सभामा उपप्रमुख गीता अधिकारी, नगर सभासद्हरु, विभिन्न राजनीति दल, सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

दमकमा ‘धिमाल पहिलो जाति’
दमकलाई धिमाल जातिको उद्गम स्थल भएको मान्दै नगरपालिकाले त्यस जातिको पहिचान संरक्षण गर्नका लागि धिमाललाई दमकको पहिलो जातिको रुपमा घोषणा गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न पहिलो नगरसभाको बैठकले पूर्वका आदिवासी जातिका रुपमा सूचिकृत धिमाल समुदायको संरक्षण र सम्बद्र्धन गर्नका लागि पहिलो जातिका रुपमा घोषणा गरिएको नगर प्रमुख रोमनाथ ओलीले बताए ।

नगरसभा बैठकमा नगर प्रमुख ओलीले धिमाल जातिको बाहुलसंर्गै उद्गम स्थल दमक भएकाले त्यसलाई सम्मानका साथ यी जातिका सरंक्षण,सम्बद्र्धन गर्न पहिलो नागरिक घोषणा गरेका थिए । उनले नगरको हरेक सेवा,सुविधा तथा रोजगारीका क्षेत्रमा अव धिमाल जातिलाई पहिलोनै प्राथमिकतामा राखिने जानकारी दिए । दमकमा धिमालहरु करिव २५ हजार बढी भएको अनुमान छ । त्यस्तै यहाँका कतिपय पूराना ठाँउहरुको नाम समेत धिमाल भाषामा नै उल्लेख भएको पाईएको छ ।

फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा
यससंगै नगरपालिकाले हरेक कातिक २५ गतेका दिन मनाईने राष्ट्रिय विभूति किरात धर्मका महागुरु महागुरु फाल्गुनन्दको जन्मजयन्तीका दिन नगर क्षेत्रमा सार्वजनिक विदा दिने समेत नगरसभाले पारित गरेको छ । निर्णय यसैवर्षदेखि लागू गरिने प्रमुख ओलीले जनाए ।

फाल्गुनन्द जयन्तीमा नगर भित्रका सवै सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिईने निर्णय भएको नगर प्रमुख ओलीले बताए । यसअघि सरकारले किरात धर्मावलम्बीहरुलाई मात्र त्यस दिन विदा दिदै आएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here