अन्ततः कांग्रेसमै फर्किए गच्छदार

0
84

काठमाडौं : नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता भएको छ ।

आइतबार दिनभरिको प्रयासपछि पार्टी एकताको समझदारी गरेका दुवै दलले बालुवाटारमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले एकताको समझदारीपत्रमा हस्ताक्षर गरे ।

दुई दलबीच मुख्यतया संविधानलाई थप लोकतान्त्रिक र सर्वस्वीकार्य बनाउन दुवै दलले पहल गर्ने,  आउँदा निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउन तथा थरुहट र मधेश आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइका लागि पहल गर्ने सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

दुई दलबीच एकताको घोषणा भएपनि पदको बाँडफाँड भने नभएको नेताहरुले बताएका छन् । गच्छदार झण्डै १० वर्षअघि नेपाली कांग्रेस परित्याग गरी फोरम नेपाल पार्टीमा गएका थिए । पछि उनले फोरम लोकतान्त्रिक नामको पार्टी खोलेका थिए । केही साना दलसँग एकता गर्दै पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम बनाइएको हो ।

एकता प्रक्रियामा संलग्न नेताहरुका अनुसार लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्री मनोनयन गर्ने तयारी छ । त्यसैगरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ लोकतान्त्रिक फोरमका कम्तीमा २ जना र समानुपातिकमा ५ जनाको नाम समावेश गर्ने समझदारी भएको  छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here