निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

0
111

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको निधन भएको हो ।

काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले सोमबार दिउँसो गोली हानेको थियो । प्रहरी उच्च स्रोतका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सकहरुले भने गौचनलाई अस्पताल नपुर्याउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख, छाती र टाउकोमा गोली लागेको छ । गौचनको पेटमा दुईवटा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो ।

गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here