गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

0
64

काठमाडौं : मन्त्रिपरिषद्बाट बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश जारी गर्दै खड्कालाई बर्खास्त नगर्न भनेको हो ।

जग्गा खरिदलगायत विषयमा खड्काले अनियमितता गरेको पुष्टि भएपछि मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले बर्खास्त गरेसँगै खड्का पुनर्वाहलीको माग गर्दै सर्वोच्च पुगेका थिए । खड्काको रिटमा सुनुवाइ गर्दै बर्खास्तको निर्णय नगर्न आदेश जारी भएपछि खड्कालाई पदमा फर्कन बाटो खुलेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here