पाँचथर प्रहरीले अबैध रक्सी पोख्यो

0
83

कृष्ण ओझा

पाँचथर : जिल्ला प्रहरीकार्यालयले अबैध सिक्कीमे रक्सी र बियर बरामत गरी नष्ट गरेको छ । प्रहरी चौकी प्राङबूङ ले १२६ बोतल अबैध मदिरा बरामत गरी पोखेको हो ।

बरामत मदिरा १ लाख ४० हजार ७ सय बराबर मूल्यको फेला पारेको प्रहरीलेजनाएको छ । मदिरा प्राङबूङ प्रहरी चौकीले बरामत गरेको हो । गस्ती टोलिले भदौ ३० गते र असोज १० गते लोड गरीएको गाडिबाट पक्राउ गरी नियन्त्रणमा लिएको जनाइएको छ । १५६ बोतल सिक्किमे रहेको छ ।

बरामत मदिरा जिल्लकासरोकारवालाको रोवरमा जिल्ला प्रहरी कार्यालय हाता भित्र खाल्डोमा पोखी नष्ट गरीएको डिएसपी बाम देब गौतमले जनाएका छन । डिएस्पी गौतमको आगमन सगै अपराध र अबैध धन्दामा सम्लग्न प्रती कार्वाही तिब्ररुपमा हून थालेको सचेत नागरीकको भनाइ रहेको छ ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here