संघीय फोरमले छान्यो प्रतिनिधि र प्रदेश सभाको उम्मेद्वार

0
557


राम योङहाङ

इलाम : संघीय समाजवादी फोरम नेपाल इलामले आगामी २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार छनौट गरेको छ ।

फोरमको मंगलबार बसेको जिल्ला समितिको बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेद्वार छनौट गरी लिम्बुवान प्रदेश समितिमा सिफारिस गरी पठाएको छ ।

फोरमले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ राजकुमार राई र समानुपातिकतर्फ कमलकुमार राईलाई सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रेमद्विप थाम्सुहाङ, लोकसागर साँवा र कृष्ण पौड्यालको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ डिकबहादुर बस्नेत र रीपल राईलाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को १ बाट लासाङ तामाङ र समानुपातिकतर्फ गोपाल सोराली मगर छनौट भएको छ । क्षेत्र नम्बर १ को २ बाट प्रत्यक्षतर्फ दिलिप राई र समानुपातिकतर्फ मैतमाया शंकरलाई सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर २ को १ बाट प्रत्यक्षतर्फ श्यामबहादुर येक्तेन र समानुपातिकतर्फ मित्रप्रसाद चापागाईंलाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्षतर्फ डिल्लीकुमार राई र मणीविक्रम लिम्बू तथा समानुपातिकमा विनोदकुमार नेम्बाङ र भूपाल राईलाई सिफारिस गरेको छ ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका उम्मेद्वारको अन्तिम टु्ङगो लगाउन प्रदेश समितिले केन्द्रमा पठाउनेछ भने सहमति नभएकाको हकमा सहमतिको प्रयास गर्ने र सहमति नजुटे केन्द्रमा पठाउनेछ । सहमति नभएका उम्म्दवारको अन्तिम टुङ्गो पार्टीको राजनीतिक समितिले लगाउने सो पार्टीले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here