चन्द्रदर्शन सहकारी संस्थामा नयाँ नेतृत्व

0
95

नयाँ बुलन्द

झापा : झापाको कमल गाँउपालिका–५ स्थित चन्द्रर्दशन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बालकृष्ण गौतम चयन भएका छन् । संस्थाको सम्पन्न सातौ चुनावी साधारणसभाले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा कविन्द्र गुरुङ, भोजकुमार राई,हरिचन्द्र राई, चन्द्र महरा, रोशन दाहाल,नगेन्द्र भण्डारी, उषा भण्डारी,कुमारी लावती, एपिलाल इङनाम रहेका छन् । ११ सदस्यीय निर्वाचित समितिलाई मंगलवारनै निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको छ ।

संस्थाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा डिभीजन सहकारी कार्यालयका सहकारी निरीक्षक डिल्ली दाहाल, निर्वाचन समितिका संयोजक ओमप्रसाद खनाल, निर्वतमान अध्यक्ष शेरवहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here