तीन महिनापछि दमक–रवि सडक खुल्यो

0
945
फाल्गुनन्द मार्ग (दमक–रवि सडक) अन्तरगत इलामको माङसेबुङ खण्डमा जोखिम मोलेर ट्याक्सीको छतबाट यात्रा गर्दे यात्रीहरु । फाइल तस्विर : नयाँ बुलन्द

राम योङहाङ

इलाम : बन्द भएको ३ महिनापछि दमक रवि सडक सञ्चालनमा आएको छ । वर्षा र बाढीले क्षतिग्रस्त भएको सडक मर्मतपछि सुचारु भएको हो । अहिले तराईब्ाँट पहाड आउने र पहाडबाट तराई झर्ने दर्जनौं सवारी साधनहरु गुड्न थालेका छन् । गएको असार दोश्रो साता रतुवा खोलामा बाढी आउन थालेपछि पुरै यातायात अवरुद्ध भएको थियो ।

दमक–चिसापानी–रवि सडक निर्माण उपभोक्ता समितिले यस वर्षपनि सडकको अस्थाई ट्रयाक खोल्ने काम सम्पन्न गरेस“गै यातायातका साधनहरु सञ्चालनमा आएको उपभोक्ता समितिका महासचिव हेमन्त राईले जानकारी दिए । उपभोक्ता समिति र सडक ििडभिजन कार्यालय झापाले बाटो मर्मत गरेको महासचिव राईले जानकारी दिए ।

राईका अनुसार झापाको बेलडाँगीबाट इलामको माङमालुङसम्म करिब ३० किलोमिटर बाटो मर्मत भईसकेको छ । वर्षास“गै सडकका विभिन्न स्थानमा गएको पहिरो स्काभेटर प्रयोग गरी हटाईएको, खाल्डाखुल्डी पुरिएको र रतुवा खोलामा बाढीले थुपारेको ढुङ्गा समेत पन्छाउने काम सिद्धिएपछि त्यहाँसम्म यातायात सुचारु भएको हो । अहिले माङमालुङ देखि रवि सडक खण्डको मर्मत भईरहेको महासचिव राईलई जानकारी दिए । रविसम्मको ३७ दशमलव ४ किलोमिटर कच्ची सडकको मर्मत गरिनेछ ।

सो सडकमा अहिले दैनिक ३५ वढी ट्याक्सी तथा दर्जनौं ट्रक र ट्याक्टरहरु आवतजावत गर्न थालेका छन् । सो सडकमा हि“उदका करिब आठ महिना सवारी सुचारु रहन्छ । वर्खामा ४ महिना प्राय बन्द रहन्छ ।

सो सडकले इलामको चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका तथा पा“चथरका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकालाई झापाको दमकमा पूर्वपश्चिम राजमार्गसँग जोडेको छ ।
फाल्गुनन्द मार्ग (दमक–रवि सडक) अन्तरगत इलामको माङसेबुङ खण्डमा जोखिम मोलेर ट्याक्सीको छतबाट यात्रा गर्दे यात्रीहरु ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here