३ महिनादेखिको प्रतिबन्ध खुल्यो

0
162

सुजता सुनुवार

इलाम : इलाममा भारतीय सीमावर्ती सिंहलीला नेशनल पार्कले पर्यटकको आवागमनमा लगाएको प्रतिवन्ध खुल्ला गरेको छ । पार्कले रेडपाण्डाको प्रजनन समयमा ३ महिनाअघिबाट पर्यटकलाई आवागमनमा प्रतिबन्ध लगाएको थियो । नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुल गर्न नपाइने भनी पार्कले प्रतिबन्ध लगाएको थियो ।

दुलर्भ वन्यजन्तु रेडपाण्डाको प्रजनन समय रहेको भन्दै ३ महिना अघि सीमावर्ती क्षेत्रमा पर्यटक आवागमनमा प्रतिवन्ध लगाएको भारतीय सिंहलीला नेसनल पार्कले जनाएको छ । पार्कका अनुसार अहिले रेडपाण्डाको प्रजनन समय पार भइसकेको र पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरीसकेको छ ।

नेशनल पार्कले सिंहलीला नेसनल क्षेत्रभित्र रहेको जिल्लाको पशुपतिनगरको मानेभञ्ज्याङदेखि पाँचथर फालोटसम्म प्रत्येक वर्षको ३ महिना पर्यटक आवागमनमा प्रतिबन्ध लगाउँदै आएको छ ।

रेडपाण्डा हेर्नका लागि भारत पश्चिम बंगालका पर्यटकहरु बढी मात्रामा आउने गर्दछन् । पर्यटक आवागमनबाट सिमा क्षेत्रमा रहेका नेपालतर्फका होटलहरुले प्रत्यक्ष फाईदा लिँदै आएका छन् । इलामका पर्यटकिय क्षेत्र मानेभञ्ज्याङ्ग, चित्रे, मेघ्मा, तुम्लिङ, जौबारी, गैरीबास, कैँयाकट्टा, कालपोखरी, विर्खेभन्ज्याङ्ग र सन्दकपुरलाई लिइदै आएको छ ।

पर्यटकिय क्षेत्रबाट कञ्चनजङघा, सगरमाथा लगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गर्न सकिन्छ । यसकारण पनि पर्यटक आवागमनबाट प्रत्यक्ष रुपमा लाभान्वित हुदै आएको होटल व्यवसायीहरु बताउँछन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here