साफ यू–१८ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

0
73

 

साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले आज (सोमबार) बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि २–० को विजय नतिजा निकालेको थियो ।

प्रशिक्षक छिरिङ लोप्साङले टोलीले पहिलो खेल हारे पनि अझै पनि उपाधि दाबेदारका रूपमा रहेको बताए । ‘हामीले खेलेका दुवै खेलमा ४-५ गोलले जित्नुपर्ने स्थिति थियो । तर खेलाडीबीच समन्वय कमीले अवसर सदुपयोग गर्न नसक्दा दुर्भाग्यपूर्ण हार बेहोर्नुपर्‍यो । बंगलादेशविरुद्ध गर या मरको स्थितिमा छौं । पछिल्लो जितसँगै टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरेको छु,’ उनले भने ।

नेपालले उपाधि बचाउन बाँकी दुवै खेल जित्नुपर्नेछ । बुधबार भारतको सामना गर्दै छ । अंकतालिकामा बंगलादेश र भुटानको ६–६ अंक छ भने नेपाल र भारतले ३–३ अंक जोडेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here