सुरक्षा कारबाहीमा तालिवानका वित्तीय व्यवस्थापकको मृत्यु

0
83

काबुल : अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्।

शनिबार राति तालिवान विद्रोहीका लडाकूले आश्रय लिँदै आएको दराए इएस जिल्लाको देउकुण्डी गाउँमा भएको सुरक्षा कारबाहीमा जुवाइर भनिने रमामुल्लाहको मृत्यु भएको छ, गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनी उक्त क्षेत्रका कुख्यात तालिवान नेता रहेका साथै उनको मृत्युसँगै समानगनमा क्षेत्रमा तालिवानी प्रभाव निकै कमजोर हुने गृहमन्त्रालयले जनाएको छ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here