शहिद आङदेम्बेको सालिक निर्माण हुने

0
110

नयाँ बुलन्द

इलाम : शहिद राजकुमार आङदेम्बे (माङ्तोक) को स्मृतिमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ स्थित कमलझोडामा शालिक निर्माण हुने भएको छ ।

शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ स्मृति प्रतिष्ठानले लिम्बुवान आन्दोलनको क्रममा २० असोज २०६४ मा सहादत प्राप्त गरेका शहिद राजकुमार आङ्देम्बे (माङ्तोक) को स्मृतिमा शालिक निर्माण गर्न लागेको हो ।

प्रतिष्ठानले सालिक निर्माण स्थालमा एक कार्यक्रम गरि शहिद आङदेम्बेको शालिकको शिलान्यास समेत गरेको छ । सालिकको शिलान्यास संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ सहित चुलाचुली गाँउपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र शहिद आङदेम्बेकी छोरी मेन्छिगेन आङदेम्बेले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

प्रतिष्ठानका अनुसार पूर्ण कदको बनिने सो शालिक १२ फिट अग्लो हुनेछ । शालिक निर्माण गर्न करिव २० लाख रुपैयाँ खर्च लाग्ने र एक वर्षको अवधिमा निर्माण सम्पन्न हुने प्रतिष्ठानका सचिव दिलकुमार लावती जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here