प्रेस युनियनले शुभकामना आदानप्रदान गर्ने

0
76

नयाँ बुलन्द

झापा : वडादशै,दिपावली तथा छैठ पर्वको अवसर पारेर नेपाल प्रेस यूनियनले दमकमा आगामी असोज १० गते मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

विगत वर्ष झै यसवर्ष पनि यूनियनको माइपश्चिम क्षेत्रीय समितिले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाले पत्रकार,सञ्चारसंस्था र स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधीहरुवीच शुभकामना साटासाट गर्न कार्यक्रम गर्न लागिएको बताए ।

उक्त कार्यक्रम सम्पन्न गर्न यूनियनका जिल्ला सचिव गिरिराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय तयारी उपसमिति समेत गठन गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । तयारी उपसमितिका दुई सदस्यमा कुसुम तामाङ र उमेश खड्का रहेका छन् ।

यूनियन माइपश्चिम समितिको शनिवार सम्पन्न बैठकले शुभकामना आदानप्रदान गर्ने तथा धनकुटाका मुटु रोगी अग्रज पत्रकार सञ्जयसन्तोषी राई उपचारमा सघाँउ पुर्यााँउन गठित सहयोग संकलन समितिले नगद राहत हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीनाको प्रमुख आतिथ्यता रहने छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here