‘बालबालिकाको सवालमा अविभावक गम्भीर हुनुपर्छ’

0
175

याम माबोहाङ लिम्बू

इलाम :  बालबालिकाको सवालमा घरकै अविभावक गम्भीर भएमात्र बालबालिकाहरु सुरक्षित हुने इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामले बाल दिवसको सन्दर्भमा सदरमुकाममा आयोजना गरेको ‘बाल अधिकार र बालमैत्री स्थानीय शासन’ विषयक जिल्ला स्तरीय सरोकारवालसँगको अन्तरक्रियाका वक्ताले यस्तो बताएका हुन् । उनीहरुले बालबालिकाको सवालमा अविभावकहरु गम्भीर हुनुपर्ने धारणा राखे ।

बालबालिकाको सुरक्षा र विकासमा परिवारकै अविभावक जिम्मेवार हुनसके मात्र विकासका लागि जनशक्तिको रुपमा रुपान्तरण गर्न सकिने भन्दै सहभागीहरुले स्थानीय सरकारले बालबालिकाको सवालमा नीति बनाएर काम गर्न आग्रह गरे ।

पुनसंरचनामा आधारित बनेको सरकारको गाउँपालिका तथा नगरपालिकाको परिषदले बालबालिकाको सवाललाई त्यति चासो नदिएको भन्दै सहभागीहरुले स्थानीय सरकारले नै बाल अधिकार र बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्लाका गाउँपालिका अध्यक्ष, नगर प्रमुख र सरोकारवाला उपस्थित कार्यक्रममा बढ्दो बैदेशिक रोजगारले बालबालिका अविभावक विहीन बन्द्यै गएको भन्दै उनीहरुको सुरक्षा संवेनशीलतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरुले बालबालिकाको विषयमा सरोकारवालासँग कुनैपनि तथ्याङ्क समेत नभएकोले यसका विषयमा स्थानीय सरकारले काम गर्न अग्रह समेत गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले दीगो विकासका लागि बालबालिकालाई विकासका साझेदारका रुपमा सरोकारावलाले लिनुपर्ने तर्क राखेका थिए । उनले बालबालिकालाई विचारको स्वतन्त्रता हुनुपर्ने बताउँदै यसका लागि आवश्यक वहस हुनुपर्ने धारणा राखेका थिए ।

तीन बालक्लब र दुई विद्यार्थी पुरस्कृत

साथै सोही कार्यक्रममा ‘बालअधिकार तथा शान्ति शिक्षा परियोजना’ अन्तरगत बालबालिकाका क्षेत्रमा काम गर्ने तीन उत्कृष्ठ बालक्लब र दुई बालक्लबका विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।

जिल्लाका उत्कृष्ठ बालक्लब सुर्योदय नगरपालिकाका सिंहदेवी माविका सृजनशील बालक्लव, माइ नगरपालिकाका चिसापानी माविका चिसोपानी बालक्लव र देउमाई नगरपालिकाका जीतपुर माविका सृजनशील बालक्लव रहेका छन् । यी क्लबलाई नगद १०/१० हजार सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।

यस्तै इलाम नगरपालिकाका आदर्श माविका सन्देश रम्तेल र माङ्गसेबुङ्ग गाउँपालिकाका इभाङ्ग माविका मनिता राईलाई ३/३ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

पूर्वका सात जिल्लाका एक सय ३५ वटा विद्यालयमा किण्डर मिसनरेक जर्मनको सहयोगमा परियोजना लागु गरिएको छ । यस अन्तरगत इलाममा ३०, झापा, पाँचथर र ताप्लेजुङ्गमा २० /२० साथै धनकुटा, तेह्रथुम र संखुवासभामा १५ /१५ विद्यालयमा बालक्लव गठन गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

विभिन्न कार्यक्रमको आयोजना गरी यी विद्यालयहरुमा तीन चरणमा जम्मा २३ हजार दुई सय ६१ जनालाई तालिम प्रदान गरिएको बाल अधिकार तथा शान्ति शिक्षण कार्यक्रम मानव अधिकार मञ्चका कार्यक्रम संयोजक इश्वर लुङ्गेलीले जानकारी दिए ।

कार्यक्रम मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here