इलाममा खसीबोकाको किनबेच बढ्यो

0
164
इलाम सदरमुकामस्थित साप्ताहिक लाग्ने बिहीबारे हाटमा ल्याईएका खसीबोकाहरु ।

राम योङहाङ

इलाम : नेपालीहरुको चाड दसैं भित्रिदैं गर्दा इलामका बजारहरुमा खसीबोकाको किनबेच बढेको छ । सामान्य समयभन्दा अहिले दसैं नजिकिएकाले खसीबोकाको कारोबारमा दोब्बर वृद्धि भएको व्यापारीहरु बताउँछन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष खसीबोकाको कारोबारमा अत्याधिक वृद्धि भएको छ । जिल्ला सदरमुकाम इलाममा लाग्ने साप्ताहिक बिहीबारे पशुहाटमा चार सयको हाराहारीमा खसीबोकाको किनबेच भईरहेको व्यापारी राजन रायले बताए । भदौ दोश्रो सातादेखि कारोबार बढेको उनले बताए ।

साताको एक दिन मात्र लाग्ने पशुहाटमा इलाम नगपालिका, देउमाई नगरपालिका सहित जिल्लाका सोयाङ, नामसालिङ्ग, सोयाक, बरबोटे, सिद्धिथुम्का, पा“चथरको घुर्पिसे पञ्चमी, सप्तमीलगायतका स्थानबाट पनि खसीबोका ल्याइने गरेको छ ।

कतिपय किसानले आफैं र कतिपय स्थानीय व्यापारीहरुले गाउँबाटै खरिद गरेर हटियामा ल्याउने गरेका छन् । ‘विगतका वर्षमा यो सिजनमा एक साप्ताहिक हटियामा बढीमा दुई सय खसीबोका किनबिच हुने गर्दथ्यो’ व्यापारी रायले भने, ‘यो पटक अप्रत्यासित रुपमा खसीबोकाको किनबेच ह्वात्तै बढ्यो ।’

इलाम बजारसहित देउमाई नगरपालिकाको मंगलबारे बजार, माई नगरपालिकाको बिहीबारे र शुक्रबारे बजार, माङसेबुङ गाउँपालिकाको पञ्चमी बजार, सुर्योदय नगरपालिकाको फिक्कल र पशुपतिनगर लगायतका साप्ताहिक हटियामा खसीबोकाको किनबेच अत्याधिक बढेको व्यापारीहरुको भनाई छ ।

जनसंख्या वृद्धि सँगै देशको राजनीतिक परिस्थितीमा आएको सुधारका कारण यस वर्ष खसीबोकाको कारोबार बढेको व्यवसायी बताउ“छन् । मासुको रुपमा अत्याधिक प्रयोग हुने खसीबोकाको कारोबार दशैंतिहार आउन डेढ महिना अघिबाट नै वृद्धि हुने गर्दछ ।

बजारमा खसीबोकाको कारोबार बढ्दा मुल्यमा समेत वृद्धि भएको छ । सामान्य बजार भन्दा यो साता १० प्रतिशत बढी मुल्यमा खसीबोका किनबेच भएको बजारका ठेकेदार दीपक श्रष्ठले बताए । दसैं नजिकिएकै कारण मुल्यमा वृद्धि आएको उनको भनाइ छ । गाउ“बाट खसीबोका विक्रिका लागि बजारमा ल्याउने व्यापारीहरुले खरिद गरेको मूल्य भन्दा बढीमा बेच्न पाएकाले उनीहरुको व्यवसाय समेत फस्टाएको छ ।

गाउँमा व्यवसायिक रुपमा कृषकहरु बाख्रा पालनमा लागेकाले उत्पादन समेत थपिदैं गएको छ । उत्पादन धेरै हुनु र बजार पनि बढ्नुले व्यवसायिक किसानलाई पनि फाइदा छ । विगतमा भन्दा यसवर्ष भाउ राम्रै पाएकाले कृषकहरु हर्षित छन् ।

दसैं आउनुभन्दा एक महिना अघिबाटै झापाका व्यापारीहरु इलाममा आएर खसीबोका खरिद गर्ने र झापाका बजारहरुमा लगेर बेच्ने गर्दछन् । कतिपय व्यापारीहरुले हाटबजारमा नआइकन गाउँगाउँबाटै खसीबोका खरिद गरेर झापातर्फ लाने समेत गरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here