गाउँपालिकाको केन्द्रको विषयमा विवाद

0
219
इलामकाे सन्दकपुर गाउँपालिकाकाे केन्द्र रहेकाे देउराली बजार । तस्विर : गुगल

सुजाता सुनुवार

इलाम : इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र सार्ने विषयमा उठेको विवाद बढ्दै गएको छ । हाल अस्थायी रुपमा रहेको देउराली बजारमा नै केन्द्र कायम गर्ने अन्यत्र सार्ने भन्ने विषयमा विवाद चुलिएको छ । देउराली राख्ने पक्ष र अन्यत्र सार्ने पक्षका गरी गाउँपालिकाबासीहरु नै दुई पक्षमा विभाजित भएका छन् ।

देउराली बजार गाउँपालिकाबासीका लागि अपायक पर्ने भन्दै स्थानीयले पायक पर्ने स्थानमा केन्द्र कायम गर्न माग गर्दे आएका छन् । विशेष गरी माबु र जमुनाका बासिन्दले केन्द्र अत्यन्तै अपायक क्षेत्रमा कायम गरिएको भन्दै सुरुवातदेखि नै विरोध गर्दै आएका छन् ।

तत्कालिन जिल्लास्थित राजनीतिक दल र स्थानीय तह प्राविधक सहयोग समितिको सफिारिमा सरकारले देउराली बजारलाई केन्द्र निर्धारण गरेर पठाएको थियो । तर गरकारले गाउँसभाको बैठकले एक पटकका लागि स्थानीय तहको नाम र केन्द्र परिर्वन गर्न सक्ने व्यवस्था गरेपछि उनीहरुले माग सशक्त बनाउँदै आएका छन् ।

यसै क्रममा भर्खरै सम्पन्न सभाले केन्द्र सार्ने निर्णय गरेको भन्दै विवाद थप चुलिएको छ । सभाले देउराली बजारबाट करिब आधा किलोमिटर तल झिल्केधारा भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेको भन्दै देउरालीबासीले विरोध जनाएको छ । अर्को पक्षले भने केन्द्र सार्नुपर्ने माग राख्दै आएका छन् ।

सभाले निर्णय गरेको भनिएको स्थानमा केन्द्र बनाउनका लागि सन्दकपुर गाउँपालिका ३ सुलुबुङस्थित भालुकटेरी सामुदायिक वनले ५० रोपनी र स्थानीय व्यक्तिहरुले ५० रोपनी जग्गा उपलब्ध गराउने भइसकेका स्थानीय विविसी राईले जानकारी दिए । यता देउराली क्षेत्रका बासिन्दले भने पुरानै ठाउँमा केन्द्र हुनुपर्ने बताउँदै आएका छन् । केन्द्र सारिए शसक्त आन्दोलन गर्ने बताउँदै आएका छन् ।

यता गाउँपालिका अध्यक्ष उदय राईले भने गाउँपालिकाको केन्द्रको विषयमा कुनै विवाद नभएको जिकिर गरे । गाउँसभाले पनि केन्द्र सार्ने निर्णय नभएको समेत प्रष्ट पारे । उनले माबु र जमुनाका बासिन्दाले माबुमा केन्द्र सार्न मागेपनि गाउँसभाले देउरालीमा नै कायम गर्ने निर्णय गरेपछि विवाद सकिएको दावी गरे । उनले विभिन्न विषयगत कार्यालयहरु भने देउरालीबाट तलमाथि वरपर मिलाएर स्थापना गर्ने गरी छलफल भईरहेको समेत जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here