इलाममा सिद्धार्थ बैंकको शाखा

0
102

नयाँ बुलन्द

इलाम : सिद्धार्थ बैंक इलाम शाखाको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । शाखाको डेनिस राजदूतावासका प्रमुख इनग्रीड डहाल मेडसन तथा बैंकका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरे ।

यस्तै सुर्याेदय नगरपालिकास्थित फिक्कतल शाखाको समेत उद्घाटन गरिएको छ । यी शाखाहरु उन्नति एटुएफ कार्यक्रम अन्तर्गत युएनसिडीएफसँगको सहकार्यमा स्थापना गरिएको जनाइएको छ ।

शाखाबाट सम्पुर्ण बैंकिङ कारोवार गरिने जनाइएको छ । शाखा मार्फत विपन्न वर्गको उत्थानका लागि लघु बैंकिङ सेवा र शाखारहित बैंकिङ सेवालाई विशेष प्राथमिकता दिइने अध्यक्ष केडियाले वताए ।

इलाममा स्थापना भएका दुईवटा शाखा सहित देहभरीमा ७७ वटा शाखा रहेको जनाइएको छ । बैंकले तीनवटा एक्सटेन्सन काउन्टर, ९९ स्थानमा एटिएम ७० स्थानमा शाखारहित बैंकिङ सेवा र पाँचसय भन्दा बढी पिओएस मार्फ सेवा प्रदान गर्दै आएको जानकारी गराएको छ ।

इलाममा भएको उद्घाटन कार्यक्रममा जिल्ला स्थित संघसंस्थाका प्रतिनिधि, ब्यापारी, ब्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here