खोला अधिक्रमण गरी भवन बनाउँदा बेलबारी ढुवान

0
99

ऋषि राई

बेलबारी : मधेश क्षेत्रमा अविसाव बनेर परेको वर्षाले बेलबारीलाई पनि चोखो राखेन । बेलबारीमा बाढिको कटान भन्दा पनि ज्यादा ढुवान भयो । त्यहि ढुवानले लाखौँको क्षति गर्‍यो ।

गत साउन २७ र २८ गते परेको अविरल वर्षाले बेलबारीमा धेरैको विचल्ली गरायो । बेलबारीको मुटु भनेर चिनिने बजार पुर्ण रुपमा ढुबेको थियो। साउन २७ गते शुक्रबार रातीदेखि परेको अविरल वर्षाले २८ गते सनिवार मध्यान्ह सम्ममा बेलबारीको प्रमुख्य ब्यापारिक क्षेत्रहरू पुर्ण रुपमा ढुवार्इ सकेको थियो ।

पानीको वहाव बढ्दै जाँदा व्यापारका लागि राखिएको लत्ता कपडा, किराना पसलका सामान, फर्निचर, ल्याप्टप तथा इलोक्ट्रोनिक सामग्रीहरू, जुत्ता–चप्पल, भाँडा पसल, इस्टेष्नरी, औषधी पसल, सुन–चाँदी पसल, होटल आदी सबै–सबै ढुवानमा परे । ढुवानबाट एक करोड ३५ लाखको क्षति भएको बेलबारी उद्योग वाणिज्य संघ समिति अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

बेलबारी–१ सिनेमा हल लाइनका व्यापारी तथा स्थानिय वासीहरूले ढुवानको सबै भन्दा ज्याद नोक्सानी व्यहोर्नु प¥यो । पानीले ३ फिटसम्म ढुवान गरेको स्थानिय वासी केशव थापा मगरले बताए । पानी सबै पसल भित्र पसेकाले लाखौँ बराबरको खाद्यन्न तथा किराना सामाग्री नष्ट गरेको पीडित किराना व्यपारि विष्णु मण्डलले बताए ।

निरन्तर परेको पानीले शिशौली खोलामा आएको बाढिले आफ्नो मुल धार परिवर्तन गरी बजार क्षेत्रमा प्रवेस गरेको थियो । शिसौली खोलामा बढेको पानी आफ्नो गतिमा बग्न नसक्दा मानव बस्तिमा पसेको हो । हाल शिसौली खोला तथा अन्य विभिन्न खोलाहरूको जग्गा अधिक्रमण गरी विभिन्न डिजाइनको घर तथा भवनहरू बनाउन थालेपछि यो समस्या उत्पन्न भएको स्थानिय पत्रकार नारायण राई बताउँछन् ।

शिसौली खोलाका साथै अन्य खोला तथा पैनीहरूको अधिक्रमण र पानीको उचित निकास नहुनु नै ढुवानको मुख्य कारण भएको राईको भनाई छ । बेलबारी पटक–पटक ढुवान हुँदै आएको छ । २०६० र २०६४ सालमा पनि बजार क्षेत्र ढुवान भएको व्यपारी रत्न मान श्रेष्ठले बताए । बेलबारी बजारलाइ पुर्ण रुपमा ढुवान मुक्त गर्न खोला अतिक्रमण गरी बनाइएका भौतिक संरचना तथा घरहरू भत्काई उचित व्यवस्थापन नगरेसम्म यो समस्या जस्ताको त्यस्तै रहने आम बेलबारी बासीको भनाई छ ।

खोलाको धारलाई पहिले कै स्थानबाट निकासा दिन दिगो र उचित कार्यक्रम बेलबारी नगरपालिकाले ल्याउनु पर्ने समेत स्थानीय वासीहरूको माग छ । ‘४९ सालतिर १४, १५ दिनसम्म पानी पर्दा पनि कै हुदैन थियो । हाल तिव्ररुपमा निकास विनाको घरहरू बनिरहेको छ । परेको पानीको निकास नहुदा पनि यो वर्ष बेलबारी ढुबानमा परेको हो’ बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधि रसिन लामा भन्छन् ।

यसको दिगो समाधान र ब्यवस्थापनका लागि वडा र नगरमा पनि छलफल चलाउने र नीति तथा कार्यक्रम बनाइ चाडैं अघी बढ्ने समेत लामाको योजना छ । पहिले बेलबारीमा धेरै खोला तथा पैनीहरू थिए । पुरानो बेलबारीदेखि लोहोन्द्रा खोलासम्म हेर्ने हो भने ६, ७ ओटा खोला तथा पैनीहरू थिए । ती खोला तथा पैनीहरू अधिक्रमण गरेर विलिन तथा साँघुरो बनाएको कारण ढुवान भएको लामाको तर्क छ ।

यसको लागि नगरपालिकामा छलफल गरी पुरानो पैनी तथा खोलाको भाग खोजीने र त्यसैबाट पानीको निकास गराउने समेत लामाले बताए । त्यसका लागि नगरवासी सबै एक हुनु पर्ने लामाको भनाई छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here