आधार क्षेत्रमै राजपा कमजोर

0
94

मलंगवा : राष्ट्रिय जनता पार्टी नेपालको आधार क्षेत्र मानिएको सर्लाहीमै उसको कमजोर उपस्थिति देखिएको छ। पछिल्लो मतपरिणाममा राजपाले ३ वटा स्थानीय तहमा मात्रै अग्रता लिएको छ।

सर्लाहीमा २० वटा स्थानीय तह छन्। यो जिल्ला राजपाका अध्यक्ष महन्थ ठाकुर तथा अध्यक्ष मण्डलका महेन्द्र राय यादव र राजेन्द्र महतोको गृहजिल्ला हो।

बेलुका साँढे सात बजेसम्मको मतपरिणाम अनुसार राजपाले एउटा नगरपलिका र दुईवटा गाउँपालिकामा मात्रै अग्रता लिएको छ। उसले गौडेटा नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै चन्द्रनगर गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा पनि उसको अग्रता देखिएको छ।

जिल्लामा कांग्रेसले पाँचवटा स्थानीय तहमा अग्रता लिएको छ। उसले मलंगवा नगरपालिका, बलरा नगरपालिका र हरिपुर नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै, धनकौल गाउँपालिकामा र कौडेना गाउँपालिकामा पनि अग्रता लिएको छ।

त्यस्तै, एमालेले चारवटा स्थानीय तहमा अग्रता लिएको छ। ती सबै नगरपालिकाहरु हुन्। हरिवन नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिकामा एमालेका उम्मेदवार अघि देखिएका छन्।

माओवादीले भने एक नगरपालिकासहित चार स्थानीय तहमा अग्रता लिएको छ। उसका उम्मेदवारहरुले बागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, दसबरिया गाउँपालिका र रामनगर गाउँपालिकामा अग्रता लिएका छन्।

संघीय समाजवादी फोरमका उम्मेदवारहरुले दुई नगरपालिका र दुई गाउँपालिकामा सहित चार स्थानीय तहमा अग्रता लिएका छन्। बरथहवा नगरपालिका, कविलासी नगरपालिका, पर्सा गाउँपलिका र विष्णु गाउँपालिकामा फोरमका उम्मेदवार अघि देखिएका हुन्।

जिल्लामा ११ वटा नगरपालिका र ९ गाउँपालिका छन्।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here