जापानमा नेपाली खेलाडीलाई ४ पदक

0
96

जापानमा आयोजित १२ औं ‘सिजि निशिमुरा मात्सुरी फ्रेण्ड्शिप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’मा नेपालले ४ पदक जितेको छ।

पुरुष ४५ केजी तौलमा बिक बहादुर थामीले कुमुतेमा स्वर्ण र कातातर्फ एक कास्य पदक जिते। त्यस्तै पुरुष ५० केजी तौल समूहमा पुरुषोत्तम पोखरेलले १ कास्य पदक र महिला ५० केजी तौल समूहमा रिमला राईले एक रजत पदक जितेका हुन्।

त्यस्तै ३५ केजी तौल समूहका लागि सहभागी रहेकी कुइसाङ लामा भने अमेरिकी खेलाडीसँग क्वाटरफाइनलमा पराजित भए । जापानमा भएको उक्त प्रतियोगितामा नेपाल, जापान, अमेरिका, मलेसिया, भारत, इन्डोनेसिया, क्यानडा लगायत १० राष्ट्रले सहभागिता जनाएका थिए।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here