महोत्तरीमा कांग्रेसले खाता खोल्यो, दुई वटा वडामा विजयी

0
103

महोत्तरी : महोत्तरीमा नेपाली कांग्रेसले दुई वटा वडा जित्दै खाता खोलेको छ । वर्दिवास नगरपालिका वडा नम्बर १४ को वडाअध्यक्षका कांग्रेसका भरत हमाल निर्वाचित  भएका छन्।

हमालले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेश महतोलाई ३ सय मतको अन्तरले पराजित गरका हुन् । हमालले ७ सय ३ मत प्राप्त गरे भने माओवादीका महतोले ३ सय ६७ मत प्राप्त गरे ।

त्यस्तै सम्सी गाँउपालिका वडा नं. १ मा नेपाली कांग्रेसका विपीन विहारी विजयी भए । विपीनले ३९२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लालेन्द्र यादवले २८६ मत प्राप्त गरे ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here