आदिवासी जनजातिले संविधान दिवस बहिस्कार गर्दै !

0
103

नयाँ बुलन्द

काठमाडौं : नेपालका आदिवासी जनजातिहरुको नेतृत्वदायी संस्था नेपाल आदिवासी जनजाति महासंघले असोज ३ गते मनाउने तयारी गरिएको संविधान दिवस बहिस्कार गर्ने भएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले सोमबार जारी गरेको विग्यप्तिमा आदिवासी जनजातिहरुको पहिचान र संघीयतासहितको अधिकार संविधानमा नसमेटिएको भन्दै संविधान दिवसमा कुनै पनि कार्यक्रम नगर्ने र कतै सहभागी नहुने बताइएको छ । महासंघले मातहतका समितिहरु, जातीय संस्थाहरुलाई पनि संविधान दिवसमा कार्यक्रम नगर्न महासंघले व्हिप जारी गरेको छ ।

आदिवासी जनजातिका माग समेटेर संविधान संशोधन गर्न आग्रह गर्दै महासंघले सबैलाई स्वीकार्य संविधानको आवश्यकता रहेको औंल्याएको छ । नेपाल सरकारले मंगलबार असोज ३ लाई संविधान दिवस घोसणा गरेर सार्वजनिक बिदा दिएको छ ।

जिल्लाहरुमा जिल्ला समन्वय समितिका अध्यक्षहरुको नेतृत्वमा समिति बनाएर संविधान दिवसमा विभिन्न कार्यक्रम गर्ने सरकारी तयारी छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here