पञ्‍चमी माविमा समाजवादी विद्यार्थी

0
621

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फाल्गुननन्द गाउँ पालिका-५ फाक्तेपस्थित घुर्बिसे पञ्‍चमी  माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी फोरम नेपालको समिति गठन भएको छ ।

समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य रुद्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको विद्यार्थीको भेलाले गोपाल चेम्जोङको अध्यक्षतामा ३५ सदस्य समिती गठन गरेको हो ।

कार्यक्रममा विद्यार्थी नेता मनकुमार अङ्देम्बे, गणेश सम्बहाम्फे, दिनेश इवा साथै संघीय समाजवादी फोरमका केन्द्रिय परिषद सदस्य तिलबिक्रम चेम्जोङ, इलाम जिल्ला सदस्य टीका सम्बाहम्फे, पाँचथर जिल्ला सदस्य युद्ध बोहरा, एलबि रहपाललगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here