झापामा ससफोको प्रशिक्षण तीव्र

0
185

नयाँ बुलन्द

झापा : संघीय समाजवादी फोरम नेपाल झापा जिल्ला समितिले पार्टी प्रशिक्षण र प्रवेश कार्यलाई तीव्रता दिएको छ । गत भदौ १३ र १४ गतेबाट सुरु भएको पार्टी प्रवेश र प्रशिक्षण कार्यले तीव्रता पाएको ससफो नेपाल झापाका अध्यक्ष धिरेन सुब्बा लाओतीले जानकारी दिएका हुन् ।

अध्यक्ष लाओतीका अनुसार भदौ ३१ गतेसम्म झापामा मात्रै विभिन्न दल त्याग गरेर ३०० बढी ससफो नेपालमा प्रवेश गरेका हुन् । उनले भने -‘प्रवेश भएका नेताहरुलाई केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरुमा व्यवस्थापन गर्ने कार्य पार्टीको लिम्बुवान प्रदेश समितिबाट गठित वार्ता समितिले गरिरहेको छ ।’ विशेषत: ससफो नेपालले स्थानीय तहको निर्वाचनमा सहभागी भएर जनतामाझ आफ्ना मुद्दा लिएर गएपछि झापामा पार्टी प्रवेश लहर बढेको हो ।

पार्टी प्रवेश बारे थप प्रस्ट्याउँदै जिल्ला सचिव सुशील राइले भने -‘ससफो नेपालले झापामा एक सिट पनि प्राप्त गर्न सकेन । तर, निर्वाचनपछि जुन लहर पार्टीभित्र आएको छ, यसले आम जनताको नजरमा ससफो नेपालप्रतिको धारणा सकरात्मक बन्दै गएको छ छ’ । उनका अनुसार गत भदौ २७ गते झापाको बुद्धशान्ति गाउँपालिकामा पार्टी प्रशिक्षण सम्पन्न भएको हो ।

त्यस्तै भदौ २८ गते भद्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर १ र २ लक्षित पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ५० बढी मानिस प्रवेश गरेको सो कार्यक्रममा नेकपा संयुक्तका केन्द्रीय सदस्य महेन्द्र लावती, बिना फागो लगायतले पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश अध्यक्ष खगेन्द्र माखिमको हातबाट टीका लगाएर ससफो नेपालमा प्रवेश गरेका थिए ।

त्यस्तै, शनिवारमात्रै झापाको हल्दिबारी १ मा आयोजित पार्टी प्रवेश एवम् प्रशिक्षण कार्यक्रममा पन्चमाया तामङ, चरीमाया गुरुङ, बिपना राई, सपना राई, सन्त थुलुङ, विस्णु राई, मैयाँ राई लगायत २० जना ससफो नेपालमा प्रवेश गरेका हुन् । प्रशिक्षण कार्यक्रममा पार्टीका लिम्बुवान प्रदेश कोशाध्यक्ष केवलराम राई, प्रदेश राजनीतिक समिति सदस्य कमन देवानलगायतले संघीय समाजवाद र पार्टी सन्चालन विधि र निर्वाचनको तयारी बारे सहभागीलाई प्रशिक्षण दिएका बताइएको छ ।

त्यस्तै, शनिबार नै दमक नगरपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको पार्टीका नगर अध्यक्ष बासुदेव राईले जानकारी दिएका छन् । ससफो नेपालका केन्द्रीय सदस्य एवम् लिम्बुवान प्रदेश मुख्य सचिव लोकसागर साम्बालगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here