समुद्री आँधीको प्रभावः मानवविहीन टापु बन्यो बर्मुडा

0
82

वासिङ्टन : समुद्री आँधी इर्माका कारण क्यारिबियन समुद्रमा अवस्थित बर्मुडा टापु निर्जन बनेको छ ।

तीन सय वर्षको इतिहासमा पहिलो पटक उक्त सुन्दर टापु जीवनका लागि अयोग्य बनेको हो । आँधीको प्रकोपका कारण त्यहाँ बसोबास गर्ने सबै मानिस अन्यत्र सरेका छन् ।

‘टापुका बस्तिहरु पूर्ण रुपमा ध्वस्त बनेका छन्,’ अमेरिकाका लागि बर्मुडा र एन्टिगुआका राजदूुत रोनाल्ड स्यान्डर्सले भने, ‘यो मानवीय विपत्तिको क्षण हो ।’ उनको भनाइमा बर्मुडाको सभ्यतामाथि समुद्री आँधीले क्रुर आक्रमण गरेको छ ।

एन्टिगुआ र बर्मुडा आन्ध्र महासागर र क्यारिबियन समुद्रका मिलन विन्दु पनि हुन् । बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९८१ मा स्वतन्त्र मुलुक बनेको थियो, बर्मुडा ।

गत जुलाईको आँकडाअनुसार उक्त टापुमा ९४ हजार सात सय ३१ जनसंख्याको बसोबास थियो । अहिले ती सबै एन्टिगुआमा सरेका छन् । उक्त टापुको मुख्य आर्थिक स्रोत पर्यटन हो, जसको कुल गाहस्र्थ उत्पादनको ६० प्रतिशत हिस्सा पर्यटनकै छ ।

नजिकको टापु मुलुक एन्टिगुआमा भने आँधीको सामान्य असर मात्र देखिएको छ । ६२ वर्गकिलोमिटरमा फैलिएको बर्मुडालाई भने तहसनहस बनाएको छ ।

समुद्री आँधीले उक्त टापुलाई कतिसम्म लथालिंग बनाएको छ भने त्यहाँका बासिन्दाको एक्लो प्रयासबाट पुनर्निर्माण असम्भवप्रायः छ । जबकि, टापुमा बसिरहेका परिवारले जनही ५० लाख डलरभन्दा बढी सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

राजदूत स्यान्डर्सको भनाइमा त्यस्तो रकम पुनर्निर्माणका हकमा समुद्रमा थोपा मिसाएजस्तो मात्र हुनेछ । ‘हामीसँग एक अर्ब डलरको अर्थतन्त्र छ भने समस्या दुई खर्ब ५० अर्ब डलरको छ,’ उनले भने, ‘अब कसरी टापुलाई पूर्ववर्ती अवस्थामा फर्काउन सकिन्छ भनेर हामीले सोच्नुपर्छ ।’

अनलाइनबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here