जनसत्ता जस्तै गाउँ र नगरपालिका चलाउन माओवादी जनप्रतिनिधलाई प्रचण्डको निर्देशन

0
98

रुकुम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनशत्ताकै तरिकामा गाउँ र नगरपालिका सञ्चालन गर्न आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । माओवादी युद्धको उद्गम स्थल रोल्पा हुँदै स्थानीय तहको निर्वाचनमा एकलौटी बिजय गरेको रुकुम पुगेर प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

‘हामीले जनयुद्धमा चलाएको जनसरकार नै अहिलेको स्थानीय सरकार हो, रोल्पा र रुकुममा हामीले अलि बढी यसको प्रयोग गरेका थियौ, कसैले मानुन् वा नमानुन् यो जनसत्ताकै रुप हो’, प्रचण्डले भने ‘सवै जनप्रतिनिधिहरुले जनसत्ताका बेला जे गर्नुहुन्थ्यो, अहिले त्यही गर्नुहोला ।’

शनिवार रुकुमको रुकुमकोट पुगेका प्रचण्डले जनसत्ता मजबुत भएका सवै ठाउँमा स्थानीय तह जितेको पनि बताए । ‘हामी जहाँ बलियो थियो, त्यहाँ अहिले कमजोर भएका छैनौ’, उनले भने, ‘योभन्दा बढि अभ्यास र मेहेनत गर्न जरुरी छ ।’ उनले स्थानीय सरकार चलाउँदा दम्भ नदेखाउन उनले आग्रह पनि गरे । ‘पहिलो सविधानसभाको निर्वाचनमा हामी पहिलो भएपछि निकै दम्भ भयो, त्यसपछि हामी पतनको बाटोमा लाग्यौ’, उनले भने ।

स्थानीय तहको निर्वाचन सकिन लागिरहेका बेला प्रचण्ड संघ र प्रदेशको निर्वाचन तयारीमा जुटेका छन् । उनी प्रत्येक जिल्लामा पुग्ने योजना समेत बनाएका छन् । चितवनबाट चुनाव लड्ने घोषणा गरेका प्रचण्ड अझै दुई महिना बाहिरका जिल्ला घुम्ने योजना बनाएको निजी सचिवालयले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here