श्याम्बल माविमा कार्यक्रम

0
90

विविसी हाङखिम

सन्दकपुर : इलामको सन्दकपुर  गाउँपालिका २ माइमझुवाको श्याम्बल माध्यमिक विद्यालयमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरिजवाफ र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा सरस्वती आवि प्रथम, स्याम्बल मावि दोस्रो, भानु आवि तेस्रो र युहोन्ना बोर्डिङ स्कुलले चौथो स्थान ओगट्न सफल भएका छन् । ‘बालमैत्री शासन, बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ उक्त कार्यक्रममा नृत्य प्रतियोगितामा स्यामबल माविकी करिना परियार पहिलो, सरस्वती आविका अनित राई दोस्रो, भानु आविकी सनिसा राई तेस्रो र सरस्वती आविकी सम्भावना राई सान्तवना भएका छन् ।

माइमझुवा स्वस्थ्य चौकिका इन्चार्ज गजेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सनराइज बालक्लबको आयोजना र स्वास्थ्य व्यवस्थापन समितिले प्रायोजन गरेका थिए ।

प्रतियोगितामा ४ वटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here