किरण र नङ्सलले जिते उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

0
127

Nepal Live

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा क्रिकेटका शरद भेषवाकर, भलिबलका मानबहादुर श्रेष्ठ, ब्याटमिन्टनका रत्नजित तामाङ र एथलेटिक्सका सोमबहादुर कुमारलाई पछि पारेर किरणले पुरुष वर्ष खेलाडीको अवार्ड हात पारे।

महिलातर्फ ब्याडमिन्टनकी नङ्सलदेवी तामाङले पुरस्कार जितिन्। यो विधाको मनोनयनमा एथलेटिक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराई, जुडोकी फुपुल्हामु खत्री र आर्चरीकी ज्ञानु अवाले पनि थिए।

युवा खेलाडीको अवार्ड जुडोकी मनिता प्रधानले हात पारिन्। उनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, भलिबलकी प्रतिभा माली, भारोत्तोलनकी कमला श्रेष्ठ र फुटबलका अनन्त तामाङलाई उछिनिन्।

उत्कृष्ट प्रशिक्षक एथलेटिक्सका पुष्पराज ओझा घोषित भए। यो विधामा फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयमा परेका थिए।

एथलेटिक्सका कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड हात पारिन्। भोटिङका आधारमा कोजीले फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दीपेन्द्रसिंह ऐरीलाई पछि पारिन्। कोजुले ६६ हजार ८ सय ३४ मत पाएकी थिइन।

घनश्याम थापा (लाइफटाइम अचिभमेन्ट), नेपाल भलिबल टिम (टिम अफ दि इयर), नेत्रहिन क्रिकेर पदम बडेला (पारा एथलेट), बन्दी सहायता नियोग (पाम)लाई (स्पेशल) अवार्ड प्रदान गरियो।

बर्ष खेलाडी पुरुष र महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड जित्नेले पल्सर बाइक तथा अन्यले जनही ५० हजार रुपैयाँ पुरस्कार जिते।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here