२ नं. प्रदेशमा पहिलाे पार्टी बन्छाै : यादव

0
343

जनकपुर : सोमवार चुनाव प्रचार प्रसारको लागि जनकपुर उपमहानगरपालिका सहित जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको घर दैलो कार्यक्रमको क्रममा अध्यक्ष यादवले मधेशी, आदिवासी, जनजाति, शिल्पी, मुस्लिम, पिछडिएका वर्गले संविधानमा पहिचान सहितको सम्पूर्ण अधिकार नपाएसम्म फोरम नेपालको संघर्षको लडाई जारी रहने बताए । अहिले पनि हामी संघर्षमै छौ भन्दै उनले भने आगामी स्थानीय तह निर्वाचनलाई आफ्नो पार्टी संघर्षकै रुपमा लिएको छ ।

आन्दोलनको विभिन्न चरण मध्ये बाइलेट पनि एउटा पनि संघर्ष नै हो । मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन फोरम नेपाल पहिलो मधेश आन्दोलनदेखि नै संघर्ष आएको छ ।
फोरम नेपाल मुद्दा बिर्सेर निर्वाचनमा गयो भन्ने मधेशी जनतामा विभिन्न खाले सुनियोजित रुपमा भ्रम छर्ने प्रयास गरियो । उनले भने निर्वाचनमा भाग लिने गरेको निर्णय सही रहेको कुरा राजपा पनि निर्वाचनमा आउंदा प्रमाणित भएको छ ।

अध्यक्ष यादवले आफूहरूले निर्वाचनमा भाग लिने निर्णय गर्दा आफूहरूलाई मधेश विरोधी र गद्दार भन्नेहरू नै अहिले लुरूलुरू निर्वाचनमा आएकोले गद्दार को हो भन्ने कुरा मधेशी जनता माझ प्रष्ट भइसकेको बताए ।
उनले भने, ‘हिजो निर्वाचनमा भाग लिने निर्णय गर्दा मलाई गद्दार भन्ने पार्टी र तिनका नेताहरू अहिले मेरै बाटोमा हिँडिरहेका छन् ।’ उनले आफूलाई गद्दार भन्नेहरू ने गद्दार भएको ठोकुवा गरे ।

मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन फोरम नेपाल पहिलो मधेश आन्दोलनदेखि नै संघर्ष आएको छ ।

मधेश केन्द्रीत दल राजपा नेपालसंग सहकार्य गर्ने केन्द्रीय निर्देशन अनुसार विभिन्न ठाउँमा छलफल गरेपनि निष्कर्ष्बिहीन रहेको हुँदा कतिपय ठाउँमा अन्य दलको उम्मेदवार नहुँदा पनि तालमेल गर्न नचाहेपछि फोरम नेपाल एक्लै चुनावमा होमिएको बताए ।
मधेश आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा भाग लिनुको कुनै विकल्प नभएको बताउंदै भने ‘मधेश आन्दोलनले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न थप उपलब्धि प्राप्त गर्नका लागि निर्वाचनमा भाग लिनुको विकल्प थिएन । अध्यक्ष यादवले आफ्नो पार्टी मधेसी जनताको हितमा रहेको भन्दै दुई नम्बर प्रदेशमा फोरम नेपाल पहिलो पार्टी बन्ने दावी समेत गरे ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्न उद्देश्य लिएर घरदैलो कार्यक्रममा निस्केका अध्यक्ष यादवले सोमवार जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १९ बेंगाशिवपुर, वडा नं. १२ कुआरामपुर, वडा नं. २२ कुर्था, वडा नंं १७ कनकपट्टी र जिल्लाको धनुषाधाम र पुरन्दाहा लगायत करीब एक दर्जन स्थानमा जिल्ला कार्यसमिति तथा क्षेत्रिया समितिको आयोजनामा घरदैलो कार्यक्रम गरिएको छ ।

सो घर दैलो कार्यक्रमहरु अध्यक्ष यादव संगै जउनपाको मेयर पदका उम्मेदवार विष्णुदेव साह, उपमेयर रीता देवी यादव, सांसद उर्मिला साह, केन्द्रिय सदस्य महाजन यादव, रामगोविन्द यादव, लालबहादुर यादव, रामरत्न यादव, प्रदेश सचिव शेषनारायण यादव, जिल्ला अध्यक्ष चन्देश्वर महतो, जिल्ला नेताहरु हरिनारायण यादव, बजरंग यादव, ज्ञानेन्द्र यादव, रामपुकार यादव, प्रदीप साह, सुरेन्द्र राय, विन्दु राय र वडा अध्यक्ष तथा सदस्यहरु लगायत दर्जनौ नेताहरुको उपस्थिति रहेको थियो ।

फोरम नेपालका शीर्ष नेतादेखि स्थानीय नेता कार्यकर्ता र उम्मेदबारहरु घरदैलो कार्यक्रममा अहिले व्यस्त देखिएका छन् । कुनै दल र उम्मेदबारसँग सहकार्य नगरेको फोरम नेपाल सम्पूर्ण ठाउँमा उम्मेदवारी दिइ घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।
पहिलो र दोस्रो चरणको चुनावमा भाग लिएको फोरम नेपाललाई बद्नाम गर्न अनेक प्रयास गरेको राजपा आफै तेस्रो चरणको चुनावमा गएकोले राजपाप्रति जनआक्रोश बढेको छ । तर, हिजो चुनावमा जाने नीति फोरम नेपालको सही भएको भन्दै जनताको समर्थन फोरम नेपालप्रति बढदै गएको छ ।

मधेशमा पहिलो पार्टी बन्ने लक्ष्य लिएर संघीय समाजवादी फोरम नेपालले आक्रमक रुपमा प्रचारप्रसार र मतदातालाई आफ्नो एजेन्डा बुझाउन लागिपरेको छ । यसका लागि पार्टीका शीर्ष नेताहरु स्वयं चुनाव हुन लागेको मधेशका जिल्लाहरुमा खटिएका छन् ।

विदेह खबरबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here