पाँचथरमा आत्माहत्या गर्नेको संख्या बढ्यो

0
118

नयाँ बुलन्द

पाँचथर : पाँचथरमा जिल्लामा आत्माहत्या गर्नेको संख्यामा वृद्वि भएको छ । विश्व आत्माहत्या रोकथाम दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सार्वजनिक गरेका तथ्याङले त्यस्तो देखाएको हो ।

प्रहरीले सार्वजनीक गरेको तथ्याङ्मा विगत ३ वर्षको अवधिमा ११७ जनाले आत्माहत्या गरेको देखाएको छ । आर्थीक वर्ष २०७१/०७२ मा ३४ जनाले, आव २०७२/०७३ जनाले २७ जनाले आत्मा हत्या गरेका पाइएको छ । त्यसैगरी आव २०७३/०७४मा ४९ जनाले आत्मा हत्या गरेका छन् । त्यस्तै चालु आबको श्रावण सम्ममा ७ जनाले आत्मा हत्या गरेको त्थइङक सार्वजनिक भएको छ ।

आत्मा हत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेको तथ्याङले देखाएको छ । आत्माहत्या गर्नेमा पुरुष ६३ जना, महिला ४५ जना र ९ जना वालबालिका रहेको तथ्याङ्कले देखाएको छ । सामुदायीक सेवा केन्द्रको पाँचरको आयोजनामा सम्पन्न कार्यक्रममा पाँचथरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले सो तथ्याङ सार्वजनिक गरेका हुन् ।

जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा सेवा केन्द्र पाँचथरका अध्यक्ष छवि बास्कोटाको अध्यक्षता रहेको थियो । कार्यक्रममा सापकोटाले आत्महत्या जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्न सवै पक्षको सामूहिक प्रयास जरुरी रहेको बताएका छन् । घर परिवार समाज र सिंगो राज्यको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई(खतिवडा) लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आत्महत्या न्युनिकरणमा सवै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको वताएका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here