चिनी उद्योगबाटै अब विद्युत उत्पादन

0
4

काठमाडौं : उद्योगबाट विद्युत उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ । सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो । नेपालमा पहिलोपटक उद्योगबाट उत्पादित विद्युत बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ ।

भारतबाट विद्युत किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत प्राधिकरणलाई देशभरका १२ चिनी उद्योगले हिउँद याममा ६० देखि ७० मेगावाट बिजुली दिने भएका छन् । यसका लागि विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भइसकेको चिनी उद्योग संघका महासचिव एवं इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाले बताए । उनका अनुसार यसै वर्षभित्र पिपिए गरी विद्युत उत्पादन प्रक्रिया अघि बढाइने छ ।

कसरी उत्पादन हुन्छ विद्युत ?

चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ ।

‘उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ, वाष्पीकरणबाट बिजुली बन्छ । जलविद्युतमा पानीको टर्वाइन भनिन्छ, उद्योग क्षेत्रमा हामी यसलाई स्टिम टर्वाइन भन्छौं । उद्योग चल्नेबित्तिकै बगास उत्पादन हुन्छ । बगासलाई वाष्पीकरण गरेर विद्युत उत्पादन सुरु हुन्छ,’ केडियाले भने । –नागरिक दैनिकबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here