सहयोग गरिदिन रेश्माको अपिल…

0
12

नयाँ बुलन्द

इलाम : १७ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी रेश्मा दियालीको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । अन्तरजातीय विवाह गरेकी उनको सम्बन्ध करिव २ वर्षमा नै विछोडतर्फ उन्मुख भयो । देउमाइ नगपालिका ७ सिद्धिथुम्का निवासी दियालीको विवाह इलाम नगपालिका ११ सोयाक निवासी राजकुमार फागोसँग भएको थियो । भागी विबाह गरेका उनीहरुको सम्बन्ध विछोडतर्फ उन्मुख भएपनि उनीहरुको मायाको चिनो कृष्टिना फागो ११ वर्षकी भएकी छन् ।

दियाली र फागोको सम्बन्धमा दरार आएपनि उनीहरुको मायाको चिनो दैनिक हुर्किदंै छ । तर कृष्टिनाको भविष्य भने अन्योलमा छ । कक्षा ७ मा अध्यनरत कृष्टिनाको पढाइ राम्रो भएपनि उनको पढाइ अनिश्चित तर्फ धकेलिएपछि भविष्य नै अन्योलतर्फ मोडिएको हो । कारण ११ वर्षकी उनको हालसम्म जन्मदर्ता नै बनिएको छैन । ‘कक्षा ७ सम्म त पढाएर ल्यायौैँ ८ मा पढ्दा जन्मदर्ता अनिवार्य हुन्छ रे अव चाहिँ के गर्ने, हामी नै अन्यौलमा छौँ ।’ आमा रेश्माले भनिन् । जिल्ला स्तरीय परिक्षा हुने भएकाले पनि नानीको जन्मदर्ता अनिवार्य छ ।

रेश्मा र राजकुमारको विवाह विक्रम संवद् २०६३ साल फागुनमा भएको रेश्माले बताइन् । उनका अनुसार ६४ सालमा उनीहरुको नासो कृष्टिनाको जन्म भयो । ६५ सालमा श्रीमान् कामका लागि भारततर्फ लागेसँगै आफुले जातीय भेदभाव सहनुपरेको रेश्माले दुःखेसो गरिन् । श्रीमान् भारतबाट आएरपनि आफूलाई माइतमा नै भेट्न आएको रेश्माले बताइन् । पछि फेसबुकमा कुरा भएपनि हाल आफुहरुबीच बातचिब नभएको रेश्माले बताइन् ।

‘म दलित परिवारकै भएका कारण पmागो परिवारमा बस्न नसकेपछि फेरी माइत नै आएर बसेकी छु ।’ उनले भनिन् । राजकुमारका घरमा हुँदा आफूले जातीय दुरव्यवहार सहनुपरेको उनको दुःखेसो छ ।

रेश्माको अन्तिम सपना नै नानीको जन्मदर्ता बनेको छ यतिवेला । तर उनीहरुले विवाह गरेपनि प्रमाण स्वरुप रहने विवाह दर्ता भने भएकै छैन । विवाह दर्ता नभएकै कारण नानीको जन्मदर्ता समेत हुन सकेको छैन ।

‘विवाह दर्ता गरौँ भन्दा पख पछि गरौँ, भन्नुभयो पर्खिँदा पर्खिँदै यो हालत भयो’ श्रमानले उ बेला माया नै गरेपनि हाल राजकुमार बेपत्ता नै भएको रेश्माको भनाई छ । ‘बिदेश गएको सुनेको हो तर अत्तोपत्तो छैन ।’ राजकुमारसँग हाल कुनै सम्पर्क नै नभएको रेश्माले बताईन् ।

राजकुमार र आफ्नोबारे जानकारी सहित नानीको जन्मदर्ताका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी दिएपनि उजुरी नै दर्ता नभएको उनले बताईन् । ‘तेतीबेला उहाँहरुकै आफन्त सुजन फागो सहायक सिडिओ हुनुहुन्थ्यो । उहाँले म मिलाउँछु भन्दै उजुरी नै दर्ता गर्न दिनुभएन’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालयले नै उजुरी दर्ता गर्न नमाने पछि आफु झनै पीडामा परेको रेश्माले बताइन् । तत्कालिन सहायक सिडिओ फागोले आपसमा मेलमिलाप गराउने भने पनि केहि गर्न नसकेको उनी बताउँछिन् । तत्कालिन सहायक सिडिओ फागोको हाल काठमाण्डौमा सरुवा भएको छ ।

मानव अधिकारवादी, राजनैतिक दल र हालका जनप्रतिनिधि कसैले पनि आफ्नो समस्याबारे वास्ता नगरेको रेश्मा बताउँछिन् । पछि जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउँदा त्यसबारे सुनुवाई नभएको उनको भनाई छ । ‘धेरै तिर जानकारी गराएँ कसैले वास्ता गरेन’ उनले थपिन्, ‘न मानवअधिकारवादीले सुने, न जनप्रतिनिधिले नै ।’ ऐलेपनि जातयि भेदभावकै कारण आफू पछि परेको भन्दै रेश्माले सहयोगका लागि अपिल गरेकी छन् ।

सो वडाका वडाध्यक्ष रविन एक्तेनलाई आफ्नो समस्याबारे जानकारी गराइसकेको रेश्माले बताइन् । तर वडाध्यक्ष एक्तेनले समेत वास्ता नगरेको रेश्मा बताउँछिन् । दलित भएकै कारण अपहेलित भएर घर छोड्नुपरेको दुःखेसो गर्ने रेश्मा दियालीले आफूलाई सहयोग गर्न हाल मानव अधिकारकर्मी, राजनैतिक दल, जनप्रतिनिधि र स्थानयीलाई गुहारिरहेकी छन् ।

नानीको भविष्य अन्धकारतर्फ उन्मुख भएको भन्दै यसबारे पनि चासो देखाउन प्रशासनको पनि ध्यानाकर्षण गराउन आफू लागिपरेको उनी बताउँछिन् । वडा र नगरका समस्या सम्बोधन गर्ने भन्दै निर्वाचित जनप्रतिनिधिहरुले रेश्माको समस्या सम्बोधनतर्फ चासो देखाउने पो हो कि ?

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here