एसईइ सम्म निशुल्क पढाउने विषयमा सम्झौता

0
48

इलाम : दुर्घटनामा बुबा गुमाएका दुई छात्रको एसईईसम्मको मासिक शुल्क इलामको माइभ्याली फुटवल क्लबले ब्यहोर्ने भएको छ । इलाममा सञ्चालन हुनु पूर्व गत कात्तिकमा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण फुटवल कपको तयारीका लागि रोलर ल्याउने क्रममा ट्रक दुर्घटनामा परि मृत्यू भएका चालक भिम नेम्वाङका दुई छोराहरुको पढाईको मासिक खर्च माइभ्यालीले ब्यहोरेको हो ।

माइभ्यालीको सो अभियानलाई साथ दिँदै इलाम नगरपालिका ८ मा सञ्चालित ज्योतिबिद्या मन्दिर माद्यमिक विद्यालयले उनीहरुलाई निशुल्क पढाउने भएको छ । कक्षा आठमा अध्यनरत आयुष र कक्षा सातमा अध्यनरत आदर्श नेम्वाङलाई निशुल्क पढाउने विषयमा आज सम्झौता समेत भएको छ । सम्झौता पत्रमा माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङ र विद्यालयका सञ्चालक सिनेट श्रेष्ठले हस्ताक्षर समेत गरेका हुन् ।

पाँचथर घर भई हाल इलाम नगरपालिका वडा नम्व छ खरेलडाँडामा बस्ने उनीहरु पढाईमा समेत तगडा रहेको विद्यालय श्रोतले जानकारी दिएको छ ।

माइभ्यालीले लिएको जिम्मेवारीलाई साथ दिएको भन्दै माइभ्यालीका अध्यक्ष चेम्जोङले विद्यालयलाई धन्यवाद ब्यक्त गरे । विद्यालयले हालसम्ममा करिव ३० जना विद्यार्थीलाई निशुल्क अध्यापन गराइरहेको र जिम्मेवारी दिएकोमा विद्यालयको तर्फबाट सञ्चालक सिनेट श्रेष्ठले माइभ्यालीप्रति आभार ब्यक्त गरे ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here